नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Flag

Search

ताजा जानकारीः

प्रतिभा वा आईडिया पठाउने सम्बन्धी सूचना ।                 काठमाण्डौँ फरेष्ट्री कलेजमा वि‍एस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयको नि:शुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन सूची प्रकाशन गरिएको सम्बन्धी सूचनाः                 काठमाण्डौँ फरेष्ट्री कलेजमा वि‍एस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयको नि:शुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त दिएका उम्मेदवारहरूको योग्यताक्रमसूची प्रकाशन गरिएको सम्बन्धी सूचनाः                 TVET Sector Strategic Plan (2023-2032 AD)                 शिक्षा , विज्ञान,  तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कूल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरुमा कक्षा ५ देखि छात्रवृक्तिमा छनोटका लागि सूचना प्रकाशित गरिएको छ।                 

शिक्षाको व्यवस्थापकीय संरचना

नेपालमा शिक्षासम्बन्धी नीति निर्माण र समस्त योजना, कार्यक्रमको समन्वयका लागि शिक्षा मन्त्रालय रहेको छ । उच्च शिक्षाको नीति निर्माणमा सहयोग र सञ्चालनको समन्वय  विश्वविद्यालय अनुदान आयोगले गर्दछ भने विश्वविद्यालयहरू आफ्ना कार्यहरू सञ्चालन गर्नका लागि स्वतन्त्र रहेकाछन् ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागले विद्यालय शिक्षाको वार्षिक योजना तर्जुमा, कार्यान्वयन र व्यवस्थापन गर्दछ । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयहरूमार्फत् शैक्षिक योजना कार्यान्वयन, अनुगमन र व्यवस्थापन गर्दछ । प्रत्येक विद्यालयमा रहेको व्यवस्थापन समिति  विद्यालयको सञ्चालन र व्यवस्थापनमा जिम्मेवार हुन्छ ।

शिक्षक विकासका लागि केन्द्रीय स्तरमा शैक्षिक जनशक्ति विकास केन्द्र रहेको छ भने यसअन्तर्गत ३४ ओटा तालिम केन्द्रहरू रहेका छन् । यी तालिम केन्द्रहरूले शिक्षकहरूका विभिन्न किसिमका तालिम सञ्चालन गर्दछन् ।  केही विद्यालयहरूको समूहमा स्थापित स्रोतकेन्द्रहरूबाट शिक्षक र विद्यालयलाई शिक्षणसिकाइमा सुधारका लागि सहयोग गर्ने व्यवस्था पनि गरिएको छ । हाल देशभर जम्मा १०५३ स्रोतकेन्द्रहरू सञ्चालित छन् । पाँच विकास क्षेत्रमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालयहरूले पनि कार्यक्रम सञ्चालनको अनुगमन र समन्वयमा सहयोग गर्दछन् ।

शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय स्तरमा एस. एल. सी. परीक्षाको व्यवस्थापनका लागि परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम पाठ्यपुस्तक विकास र परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्र, अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन र व्यवस्थापनका लागि अनौपचारिक शिक्षा केन्द्र, शिक्षकहरूको अभिलेख व्यवस्थापनका लागि शिक्षक किताबखाना र विद्यालय शिक्षाको गुणस्तर परीक्षण गरी सुझाव दिन शैक्षिक परीक्षण केन्द्र रहेका छन् ।

उच्च माध्यमिक तहको सम्बन्धन प्रदान गर्ने र परीक्षा सञ्चालन गर्ने कार्य उच्च माध्यमिक शिक्षा परिषद्बाट भइरहेकोछ भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका कार्यक्रमहरू (विश्वविद्यालयका कार्यक्रमहरू बाहेक), जसअन्तर्गत छोटो अवधिको तालिम, प्राविधिक प्रवेशिका र डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन र सीप परीक्षण गर्ने कार्य प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मार्फत् भइरहेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गत दुईओटा केन्द्रीय पुस्तकालयहरू ( राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय)  र एउटा स्वायत्त पुस्तकालय (डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय) सञ्चालनमा रहेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यपुस्तकहरू छपाइ र वितरणका लागि सरकारी स्वामित्वसहितको संस्थान जनक शिक्षा सामग्री केन्द्र रहेको छ । 

शिक्षा मन्त्रालय तथा अन्तर्गतका निकायहरुको संगठनात्मक संरचनाका लागि तलको PDF file डाउनलोड गर्नुहोला ।

Download

Title Download Count View & Download
Ministry_Organogram 1159   View    Download