उच्च शिक्षा महाशाखा

  • मन्त्रिपरिषद्को बैठक, संसद, माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने विषयमा रायसहित पेश गर्नेसम्बन्धी कार्यहरू।
  • निजी स्रोतमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि विषय स्वीकृति तथा विदेशी मुद्रा उपलव्ध गराउने सम्वन्धमा सम्बन्धित निकायमा सिफारिश गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • विश्वविद्यालयसम्बन्धी कार्यको आवश्यक व्यवस्था गर्ने विषयगत कार्यहरू।
  • उच्च शिक्षा सञ्चालन गर्ने संस्था दर्ता गर्ने क्रममा मन्त्रालयको तर्फबाट राय प्रदान गर्ने सम्बन्धी कार्य गराउने तथा निर्णय गर्ने, गराउने कार्यहरू।
  • कुनै निकायले महाशाखासम्बन्धी विषयमा राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया पठाउनेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूका कर्मचारीहरूको समय पालनासम्बन्धी कार्यहरू।
  • विश्वविद्यालय एवम् शिक्षण संस्थाहरूले प्रचलित ऐन तथा नियमावली र अरू प्रचलित कानुनको पालना भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरी गराई आवश्यकतानुसार कारबाही गर्ने वा सोको निम्ति पेश गर्नेसम्बन्धी कार्यहरू।
  • महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्‌गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्ने सम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट बजेट फाँडफाँट तयार गरी स्वीकृत गर्ने, कार्यक्रम तयार गरी गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र प्रशासन महाशाखासँग समन्वय गरी खरीद योजना तयार गर्न लगाउनेसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षासँग सम्बन्धित शैक्षिक नीति, नियम, योजना तथा कार्यक्रमको तर्जुमा गर्ने कार्यहरू।
  • प्राज्ञिक अनुसन्धानमा संलग्न उच्च शिक्षासम्बन्धी सङ्‌घ संस्थाहरूसँग समन्वय गर्ने कार्यहरू।
  • वैदेशिक शिक्षण संस्था तथा विश्वविद्यालयहरूसँग सम्पर्क बिन्दुको काम गरी विदेशी शिक्षण संस्था वा विश्वविद्यालयसँग सम्बन्धन लिई उच्च शिक्षा सञ्चालन गर्नका लागि नीतिगत व्यवस्थासम्बन्धी कार्यको समन्वय गर्ने कार्यहरू।
  • विदेशी शिक्षण संस्थाले नेपालमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक नीति, नियम र निर्देशिकासम्बन्धी कार्यहरू।
  • विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई सञ्चालन गर्न चाहने क्याम्पस तथा शैक्षिक संस्थाहरूको सञ्चालन अनुमति, ठाँउसारी, नाम परिवर्तन, गाभ्ने तथा खारेजीसम्बन्धी कार्यहरू।
  • प्रचलित कानुन बमोजिम नेपाल सरकारको सम्बन्धन लिई सञ्चालनमा आएका शिक्षण संस्थाहरूको निरीक्षण तथा अनुगमन गर्ने तथा संस्थाहरूको सम्बन्धन नवीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • केन्द्रीय विश्वविद्यालयका उपकुलपतिहरूलाई मन्त्रालयको सल्लाहकार समूहको रूपमा विकास गर्ने आवश्यक कार्यहरू गर्ने।
  • विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूसँग समन्वयसम्बन्धी कार्यहरू।
  • मन्त्रालयसँग सम्बन्धित नीति, नियम, तथा योजनाको विश्लेषण र सोसँग सम्बन्धित अनुसन्धानसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षा विकासका लागि गर्नुपर्ने नीतिगत सुधारका लागि अनुसन्धात्मक कार्यहरू।
  • उच्च शिक्षाको क्षेत्रमा प्राविधिक विषयमा मनसायपत्र प्रदान गर्नेसम्बन्धी नीति, नियम निर्माणसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षासम्बन्धी कार्यहरू गर्ने र निर्णय कार्यान्वयन गराउने कार्यहरू।
  • विदेशी शिक्षण संस्थासम्बन्धी कार्यहरू गर्ने र सो विषयमा भएका निर्णय कार्यान्वयन गराउने कार्यहरू ।
  • उच्च शिक्षासम्बन्धी नीति, नियम निर्धारण र निर्देशनको व्यवस्था गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगबिच सम्पर्क माध्यमको रूपमा काम गर्ने कार्यहरू।
  • विभिन्न विश्वविद्यालयबिच समन्वय कायम गर्नेसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षा र माध्यमिक शिक्षाबिच सामञ्जस्य (Vertical Linkage) कायम गर्नेसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको निरीक्षण, अनुगमन तथा मूल्याङ्‌कन गरी सुधारका लागि आवश्यक पहल गर्ने कार्यहरू।
  • उच्च शिक्षा व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • पदकका लागि सिफारिस गर्न आवश्यक व्यवस्था मिलाउनेसम्बन्धी कार्यहरू।
  • नेपाल विद्याभूषणसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • नेपाल छात्रा विद्यापदकसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • विश्वविद्यालयहरूका लागि आवश्यक कानुनहरूको तर्जुमा गर्ने कार्यहरू।
  • मेडिकल, इन्जिनियरिङ तथा अन्य प्राविधिक प्रकृतिका कलेजहरूको सञ्चालनका लागि आवश्यक नीति, नियम तर्जुमा गर्नेसम्बन्धी कार्यहरू।
  • नेपालमा विदेशी विद्यार्थीहरू अध्ययन अनुसन्धान गर्न आउन सक्ने वातावरणको सिर्जना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा समन्वय गर्ने कार्यहरू।
  • वैदेशिक शिक्षण संस्था तथा विश्वविद्यालयहरूसँग सम्पर्क बिन्दुको काम गर्नेसम्बन्धी कार्यहरू।
  • विदेशी शिक्षण संस्थाले नेपालमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक नीति, नियम र निर्देशिकासम्बन्धी कार्यहरू।
  • विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई सञ्चालन गर्न चाहने क्याम्पस तथा शैक्षिक संस्थाहरूको सञ्चालन अनुमति, ठाउँसारी, नाम परिवर्तन, गाभ्ने तथा खारेजीसम्बन्धी कार्यहरू।
  • प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धन लिई सञ्चालनमा आएका शिक्षण संस्थाहरूको निरीक्षण तथा अनुगमन गर्ने तथा संस्थाहरूको सम्बन्धन नवीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • प्राज्ञिक अनुसन्धानमा संलग्न उच्च शिक्षासम्बन्धी सङ्‌घ संस्थाहरूसँग समन्वय गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • निजी खर्च वा छात्रवृत्तिमा नेपाल बाहिर अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई आवश्यक पर्ने अध्ययन अनुमति पत्र (No objection Letter) प्रदान गर्ने, विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिस प्रदान गर्ने र अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • विदेशबाट नेपालका शिक्षण संस्थाहरूमा अध्ययन गर्न चाहनेहरूका लागि आवश्यक सहजीकरणसम्बन्धी कार्यहरू।
  • वैदेशिक अध्ययन अनुमतिसम्बन्धी नीति, नियम तथा निर्देशिका तयार गर्ने कार्यहरू।
  • वैदेशिक अध्ययनसँग सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयको कार्यहरू।
  • वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको तहगत/विषयगत विवरण तयार गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • स्वदेश तथा विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि शैक्षिक परामर्श दातृ संस्थाहरूको नियमन तथा व्यवस्थापनका लागि नीति, नियम र निर्देशिका तर्जुमा गर्नेसम्बन्धी कार्यहरू।
  • स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि ती शैक्षिक संस्थाहरूको आधिकारिक सूचना व्यवस्थापन गरी शैक्षिक परामर्श प्रदान गर्नेसम्बन्धी कार्यहरू।
  • उच्च शिक्षा अध्ययनसम्बन्धी परामर्श सेवा सुविधा तथा शुल्कलाई व्यवस्थित गर्ने कार्यहरू।
  • शैक्षिक परामर्श, पूर्व तयारी कक्षा, भाषा शिक्षणसम्बन्धी कार्यलाई व्यवस्थित, सरल, सहज, भरपर्दो, गुणस्तरीय एवम् पारदर्शी बनाउने कार्यहरू।
  • शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण कार्यमा संलग्न निजी क्षेत्रका संस्थालाई मर्यादित र अनुशासित बनाउन प्रोत्साहित गर्दै प्रभावकारी रूपमा व्यवस्थापन गर्ने कार्यहरू।
  • स्वदेशी तथा विदेशी शैक्षिक संस्था र शैक्षिक परामर्श दाता संस्थाहरूबिच समन्वय गर्ने कार्यहरू।
  • परामर्शदातृ संस्था, परामर्शदाता, पूर्व तयारी कक्षा र भाषा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी कार्यहरू।
  • परामर्श दातृ संस्था, अध्ययन गर्ने संस्था र विद्यार्थीबिच सुसम्बन्ध कायम गर्न सहजीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • शैक्षिक परामर्श दातृसंस्थाहरूको स्वीकृति, नवीकरण, अनुमगन र निरीक्षण एवम् नियमनसम्बन्धी आवश्यक व्यवस्था मिलाउने कार्यहरू।
  • प्रचलित कानुनबमोजिम स्वदेश तथा विदेशमा सञ्चालन भएका शैक्षिक संस्थाहरूबाट प्रदान गरिएका शैक्षिक प्रमाणपत्रहरू सम्बन्धित संस्थाबाट प्रमाणित भएर आएपछि प्रमाणीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • उच्च तथा प्राविधिक शिक्षामा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी नीति, नियमको तर्जुमा।
  • उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि मन्त्रालयलाई स्वदेश तथा विदेशबाट प्राप्त सबै तहका छात्रवृत्तिका लागि उम्मेदवार छनोट गर्ने, सिफारिस गर्ने र यसको अभिलेख व्यवस्थापन गर्नेसम्बन्धी कार्यहरू।
  • स्वदेश अथवा विदेशमा अध्ययन वा तालिममा जाने र फर्केर आएका व्यक्तिहरूको अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मित्रराष्ट्रहरूसँग समन्वय गरी नेपालका लागि प्राथमिकता प्राप्त विभिन्न विषय र तहमा छात्रवृत्ति उपलब्ध गराउने पहल गर्ने, गराउने कार्यहरू।
  • छात्रवृत्तिमा छनोट भई अध्ययन गरेका वा छनोट भएर पनि अध्ययन गर्न नजाने विद्यार्थीलाई बिगो निर्धारणसम्बन्धी कार्यहरू गर्ने, गराउने।
  • नेपालमा नेपाली भाषा लगायतका विभिन्न विषयमा अध्ययन गर्न आउने विदेशी नागरिकका लागि नेपाल सरकारबाट प्रदान गरिने छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयलाई स्वदेश तथा विदेशबाट प्राप्त सबै तहका छात्रवृत्तिका लागि उम्मेदवार छनोट गर्ने, सिफारिस गर्ने र यसको अभिलेख व्यवस्थापन गर्नेसम्बन्धी कार्यहरू।
  • स्वदेश अथवा विदेशमा अध्ययन वा तालिममा जाने र फर्केको व्यक्तिहरूको अभिलेख व्यवस्थापन गर्नेसम्बन्धी कार्यहरू।
  • छात्रवृत्ति वितरण सम्बन्धमा निरीक्षण, अनुगमन तथा मूल्याङ्‌कन गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • विद्वत वृत्तिसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।