विद्यालय शिक्षा महाशाखा

  • मन्त्रिपरिषद्को बैठक, संसद तथा माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने विषयमा राय सहित पेश गर्नेसम्बन्धी कार्यहरू।
  • प्रारम्भिक बाल शिक्षासम्बन्धी नीति तर्जुमा गर्ने, मापदण्ड निर्धारण गर्ने आवश्यक समन्वय गर्ने कार्यहरू।
  • आधारभूत तथा माध्यमिक विद्यालय र शिक्षक दरबन्दी कोटा सम्बन्धमा योजना महाशाखासँग समन्वय गरी वितरणको व्यवस्था गर्ने कार्यहरू।
  • विद्यालयतहको छात्रवृत्ति माग तथा छनोटको व्यवस्था गर्ने, गराउने कार्यहरू।
  • महिला शिक्षासम्बन्धी निर्देशिका तयार गर्ने, गर्न लगाउने कार्यहरू।
  • शिक्षक प्रशिक्षणसम्बन्धी कार्यक्रममा समन्वय ल्याई कार्यान्वयन गर्ने, गराउने कार्यहरू।
  • विद्यालयहरूका लागि आवश्यक रकम बजेटमा व्यवस्था गर्नेसम्बन्धी कार्यहरू।
  • विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सरूवा र काज सम्वन्धमा निर्देशन दिने र निर्णय गर्ने कार्यहरू।
  • कुनै निकायले महाशाखासम्बन्धी विषयमा राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया पठाउनेसम्बन्धी कार्यहरू।
  • महाशाखासम्बन्धी कार्यमा कुनै निकाय वा पदाधिकारीसँग राय लिनुपरेमा राय लिनेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूका कर्मचारीहरूको समय पालना गर्नेसम्बन्धी कार्यहरू।
  • शिक्षण संस्थाहरूबाट प्रचलित ऐन तथा नियमावली र अरू प्रचलित कानुनको पालना भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरी गराई आवश्यकतानुसार कारबाही गर्ने वा सोको निम्ति पेश गर्नेसम्बन्धी कार्यहरू।
  • महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्‌गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्नेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका कर्मचारीहरूको कार्यालय समयबाहिर काम-काज गराउँदा अर्थ मन्त्रालयको स्वीकृत नर्म्स र स्वीकृत कार्यक्रमसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट बजेट फाँडफाँड तयार गरी स्वीकृत गर्ने, कार्यक्रम तयार गरी गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र प्रशासन महाशाखासँग समन्वय गरी खरीद योजना तयार गर्न लगाउनेसम्बन्धी कार्यहरू।
  • सरकारी, सार्वजानिक र सामुदायिक पुस्तकालयहरूसम्बन्धी नीति, नियम तथा योजना र सोसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • शिक्षामा समावेशीकरण र लैङ्‌गिक विषयहरूको समन्वय गर्नेसम्बन्धी कार्यहरू।
  • स्वयम् सेवा परिचालन तथा भिसा सिफारिससम्बन्धी नीति, नियम तथा योजना तर्जुमा गर्ने, गराउने कार्यहरू।
  • शैक्षिक परामर्शसम्बन्धी संस्थाहरूको अनुमति, नवीकरण, अनुगन तथा मूल्याङ्‌कन गर्ने, गराउने कार्यहरू।
  • शैक्षिक प्रमाणीकरणसम्बन्धी कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • वैकल्पिक तथा निरन्तर शिक्षासम्बन्धी नीति, नियम तथा योजनासम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • राष्ट्रिय परीक्षा बोर्डसँग सम्बन्धित नीति, नियम तथा योजनासम्बन्धी कार्यमा समन्वय गर्ने, गराउने कार्यहरू।
  • विद्यालय तहमा सञ्चालन हुने पोषणसम्बन्धी नीति, नियम तथा योजनासम्बन्धी कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • शिक्षासम्बन्धी समय समयमा हुने अध्ययन जाँचवुझ छानबिन समितिको लागि आवश्यक व्यवस्थापन गर्ने कार्यहरू।
  • विभिन्न आयोग, अध्ययन, जाँचबुझ समिति, अध्ययन कार्यदलमार्फत् प्राप्त प्रतिवेदन लगायत पुराना महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण तथा व्यवस्थापन गर्ने कार्यहरू।
  • विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकसम्बन्धी नीति, नियम तथा योजनासम्बन्धी कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • जनक शिक्षासँग सम्बन्धित नीति, नियम, तथा योजनासम्बन्धी कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • प्रारम्भिक बाल शिक्षासँग सम्बन्धित नीति, नियम, निर्देशनको व्यवस्था गरी कार्यान्वयन गराउने सम्बन्धी कार्यहरू।
  • प्रारम्भिक बाल शिक्षाको सञ्चालन तथा व्यवस्थापनको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्ने कार्यहरू।
  • प्रारम्भिक बाल शिक्षा अध्यापन गर्ने शिक्षकहरूको सेवा, शर्त सुविधा सम्बन्धी कार्यहरू।
  • विद्यालय पोषणको व्यवस्थाको लागि नीति, नियम तर्जुमा र समन्वय सम्बन्धी कार्यहरू।
  • विद्यालय पोषण तथा स्वास्थ्यसम्बन्धी मापदण्ड निर्धारण र निर्देशनसम्बन्धी कार्यहरू।
  • प्रारम्भिक बाल शिक्षा तथा पोषणसँग सम्बन्धित व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • शिक्षा ऐन तथा नियमावली निर्माण, परिमार्जन तथा परिवर्तनका लागि आवश्यकतानुसार फैसला कार्यान्वयन तथा कानुन शाखाको राय समेत लिई प्रस्ताव मस्यौदा तयार गर्ने कार्यहरू।
  • माध्यमिक शिक्षासम्बन्धी नीति नियम निर्देशनको व्यवस्था गरी कार्यान्वयन गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • माध्यमिक शिक्षासम्बन्धी शैक्षिक व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरूले सामना गरेका शैक्षिक मुद्दा तथा समस्या समाधान गर्न राय प्रतिक्रिया र निर्देशन पठाउन निर्णयका लागि पेश गर्नेसम्बन्धी कार्यहरू।
  • शिक्षक व्यवस्थापनसम्बन्धी नीति तर्जुमा गर्ने, गराउने कार्यहरू।
  • माध्यमिक तह सञ्चालन भएका संस्थागत विद्यालयसम्बन्धी नीतिगत व्यवस्था गर्ने, गराउने कार्यहरू।
  • माध्यमिक तहसम्मका संस्थागत विद्यालय सञ्चालनसम्बन्धी न्यूनतम मापदण्ड निर्धारण गर्ने कार्यहरू।
  • माध्यमिक तहसम्मको पाठ्यक्रम तथा पाठ्यसामग्रीसम्बन्धी कार्यको समन्वय गर्ने कार्यहरू।
  • माध्यमिक तहसम्मको शिक्षक तालिमसम्बन्धी कार्यको समन्वय गर्ने कार्यहरू।
  • विद्यालय शिक्षासँग सम्बन्धित शिक्षा ऐन तथा नियमावलीसम्बन्धी कार्यहरू।
  • विद्यालय शिक्षासम्बन्धी शिक्षकहरूको सेवा सुविधासम्बन्धी कार्यहरू।
  • शिक्षा प्रशासन तथा व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • राष्ट्रियस्तरमा स्वयंसेवक परिचालनका लागि नीति, नियम तथा निर्देशिका बनाउनेसम्बन्धी कार्यहरू।
  • राष्ट्रियस्तरमा स्वयंसेवक परिचालनसम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने कार्यहरू।
  • राष्ट्रिय स्वयंसेवासँग सम्बन्धित सङ्‌घ संस्थाहरू (विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरू, शैक्षिक सङ्‌घ संस्थाहरू लगायत विभिन्न स्वयंसेवी सङ्‌घ संस्थाहरू, सरकारी तथा गैरसरकारी सङ्‌घ संस्थाहरू) सँग समन्वय र सहकार्य गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवासम्बन्धी कार्यको अनुसन्धानका लागि सम्बन्धित निकायसँग समन्वय गरी योजना तथा कार्यक्रम तर्जुमा गर्नेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवाको अनुभवलाई कार्यक्षेत्रमा मान्यता दिने व्यवस्थाका लागि प्रणालीको विकास गर्ने।
  • विभिन्न विषयगत मन्त्रालय, आयोग, आयोजना र निकायहरू एवम् सेवा परिचालन सम्बन्धी समन्वय र सहकार्य गर्ने, गराउने सम्बन्धी कार्यहरू।
  • राष्ट्रिय स्वयंसेवक परिचालनको क्षेत्र पहिचान गरी प्राथमिकता निर्धारण गर्ने कार्यहरू।
  • स्वयंसेवक छनोटका आधार तयार गरी स्वयंसेवक छनोट र परिचालन गर्ने कार्यहरू।
  • स्वयंसेवकहरूले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी लागु गर्ने, गराउने सम्बन्धी कार्यहरू।
  • स्वयंसेवासम्बन्धी सेवा शर्तहरू तयार गर्ने, गराउने कार्यहरू।
  • राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिकाले तोकेका कार्यहरू।
  • स्वयंसेवक आवश्यक पर्ने विषयगत क्षेत्रसँग सम्बन्धित जनशक्तिको आँकलन, पहिचान माग सङ्‌कलन गर्ने कार्यहरू।
  • स्वयंसेवकको कार्य विवरण, सेवा र शर्त निर्धारण गर्ने कार्यहरू।
  • विषयगत निकाय/मन्त्रालय/आयोग/संवैधानिक निकायका मागको आधारमा सम्बन्धित विषयका स्वयंसेवक परिचालन गर्ने व्यवस्था गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवा कार्यको अनुगमन गर्ने, गराउने व्यवस्था मिलाउनेसम्बन्धी कार्यहरू।
  • अनुगमन र समन्वय समितिसँग समन्वय गरी स्वयंसेवक परिचालन र मूल्याङ्‌कन गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • विद्यार्थी स्वयंसेवक कार्यका लागि परीक्षा तथा मूल्याङ्‌कनका प्रक्रिया र प्रणाली विकास गर्न शैक्षिक संस्थाहरूसँग समन्वय गर्नेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवक र सम्पादित कामको अभिलेख राख्ने कार्यहरू।
  • उत्कृष्ट कार्य सम्पादन गर्ने स्वयंसेवक वा स्वयंसेवी संस्थाको अभिलेख तयार गरी पुरस्कृत गर्ने व्यवस्था गर्ने गराउने कार्यहरू।
  • स्वयंसेवकको कार्यको मूल्याङ्‌कन गरी राम्रो कामको लागि पुरस्कृत गर्ने र खराब कामको लागि दण्डको मापदण्ड तय गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवा कार्यको प्रमाणीकरण गर्ने कार्यहरू।
  • विद्यार्थी स्वयंसेवक कार्यको मूल्याङ्‌कनका लागि सम्बन्धित पाठ्यक्रम विकास केन्द्रमार्फत परीक्षा तथा मूल्याङ्‌कनका मापदण्ड, प्रक्रिया र प्रणाली विकास गराउनेसम्बन्धी कार्यहरू।
  • स्वयंसेवासम्बन्धी अन्य कार्य गर्ने गराउने कार्यहरू।
  • स्वयंसेवकहरूले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी लागु गर्ने गराउने कार्यहरू।
  • स्वयंसेवाको आवधिक प्रगति प्रतिवेदन तयार गरी मन्त्रालयको सम्बन्धित महाशाखा र योजना तथा अनुगमन महाशाखामा पेश गर्नेसम्बन्धी कार्यहरू।
  • राष्ट्रिय स्वयंसेवासम्बन्धी विषयमा गोष्ठी, सेमिनार, अन्तरक्रिया तथा अनुभव आदान प्रदान गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय अन्तर्गतका पुस्तकालयहरूको विकासका लागि नीति, नियम बनाई कार्यान्वयन गर्ने कार्यहरू।
  • पुस्तकालय विकाससम्बन्धी योजना, कार्यक्रम, बनाई लागु गर्ने, गराउने कार्यहरू।
  • पुस्तकालयहरूको सेवा, कार्यक्रम र नीतिमा समन्वय कायम गर्ने, गराउने कार्यहरू।
  • स्थापित पुस्तकालयहरूको सुदृढीकरण र सेवा पुर्याउने योजना तथा कार्यक्रम बनाई पेश गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • पुस्तकालयहरूको सम्पूर्ण कार्यहरू र विकास सम्बन्धमा सरकार र पुस्तकालयबिचको सम्पर्क तथा समन्वयको कार्यहरू।
  • निजी क्षेत्रमा स्थापना भएका पुस्तकालय विकासका लागि कार्ययोजना तयार गरी लागु गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • पुस्तकालय स्थापना गर्न आवश्यक पर्ने पूर्वाधार सम्बन्धमा स्पष्ट नीति तथा दिइने सेवाको सम्बन्धमा यकीन शर्तहरू बनाई सम्बन्धित सरोकारवालालाई जानकारी गराउन सार्वजनिक गर्नेसम्बन्धी कार्यहरू।
  • पुस्तकालयसम्बन्धी सरकारको नीति, कार्यक्रमअनुसार अन्य कार्यहरू।
  • पुस्तकालयहरू सम्बन्धित ऐन, नियम अनुसार सञ्चालन भए नभएको हेरी ऐन, नियमको परिधिभित्र रहन लगाउनेसम्बन्धी कार्यहरू।
  • सरकारी, सार्वजनिक र सामुदायिक पुस्तकालयहरूको कार्यमा समन्वय र सहजीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • विभिन्न पुस्तकालयहरूसँग समन्वय गरी पुस्तकालय अनुगमन तथा निरीक्षण तथा पुस्तकालय विकासमा सहजीकरण गर्ने कार्यहरू।
  • देशभरका सम्पूर्ण पुस्तकालयहरू र सार्वजनिक पुस्तकालयहरूको आवधिक मूल्याङ्‌कन गरी पुस्तकालय सेवाको स्तर वृद्धि गर्न तथा अभिप्रेरणा जगाउन प्रत्येक वर्ष व्यक्ति र संस्थालाई पुरस्कृत गर्न सिफारिस गर्नेसम्बन्धी कार्यहरू।
  • पुस्तकालयको दक्षता, क्षमता र सेवा क्षेत्रको आधारमा पुस्तकालयहरूलाई दिइने आर्थिक सहयोग एवम् अन्य सहयोग सम्बन्धमा यकीन गरी पेश गर्ने कार्यहरू।
  • पुस्तकालयहरूको समन्वय तथा अनुगमन गर्ने कार्यहरू।
  • पुस्तकालयहरूको विवरण तयार गर्ने कार्यहरू।
  • पुस्तकालयहरूको स्तर निर्धारण गर्नेसम्बन्धी कार्यहरू।
  • पुस्तकालयका लागि आवश्यक सफ्टवेयरहरूको व्यवस्था गर्न समन्वय गर्नेसम्बन्धी कार्यहरू।
  • ई-पुस्तकालयको निर्माणका लागि आवश्यक नीति नियमको तर्जुमा गर्ने कार्यहरू।
  • नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय तथा देशका अन्य पुस्तकालयहरूको अनुगमन, प्रवर्धन र सहजीकरण गर्ने तथा सम्पर्क बिन्दुको काम गर्नेसम्बन्धी कार्यहरू।
  • राष्ट्रिय पुस्तक महोत्सव, पुस्तक मेला आदिका लागि सहजीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • पुस्तक नीतिको कार्यान्वयनका लागि आवश्यक नीति, कार्यनीति र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने कार्यहरू।
  • शब्दकोष, वर्णविन्यास आदिको एकरूपताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, विश्व विद्यालयका लागि सम्पर्क बिन्दुको काम गर्नेसम्बन्धी कार्यहरू।
  • केन्द्रीय सचिवालय पुस्तकालय बनाएर सबै निकायलाई एकीकृत सेवा दिनेसम्बन्धी कार्यहरू।
  • तत्काल सिर्जना हुने विषयहरूको थप अध्ययन छानबिन, जाँचवुझ गर्नुपर्ने विषयमा सम्पर्क शाखाको रूपमा रही कार्य गर्ने कार्यहरू।
  • छानबिन, जाँचवुझ गर्नको लागि आवश्यक तथ्याङ्क, सामग्री उपलब्ध गराउने कार्यहरू।
  • अध्ययनबाट आएका सामग्रीको संरक्षण गर्ने, अभिलेखीकरण गर्ने आवश्यकता अनुसार सार्वजनिक गर्ने, सूचना सम्प्रेषणको कार्यहरू।
  • अध्ययन प्रवितेदन अनुरूप कार्यान्वयमा लैजानुपर्ने विषयहरूको लागि सम्बन्धित निकायलाई निर्देशन तथा समन्वयसम्बन्धी कार्यहरू।
  • विभिन्न आयोग, जाँचबुझ अध्ययन कार्यदलबाट दिइएका अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • प्रारम्भिक बालविकास शिक्षाको नीति तर्जुमा तथा कार्यक्रम समन्वय गर्नेसम्बन्धी कार्यहरू।
  • वैकल्पिक तथा निरन्तर शिक्षाको नीति निर्माण योजना तर्जुमा एवम् नियमसम्बन्धी गर्ने कार्यहरू।
  • वैकल्पिक तथा निरन्तर शिक्षाको स्वरूप निर्धारण गर्ने कार्यहरू।
  • वैकल्पिक शिक्षाका क्षेत्र र कार्यको निर्धारण गर्ने कार्यहरू।
  • निरन्तर सिकाइलाई प्रोत्साहित गर्नेसम्बन्धी शैक्षिक संस्थाहरूको स्थापनाको लागि सहजीकरण गर्ने कार्यहरू।
  • अन्य देशका निरन्तर तथा वैकल्पिक शिक्षामा काम गर्ने संस्थासँग समन्वय तथा सहकार्य गर्ने कार्यहरू।
  • धार्मिक प्रकृतिका विद्यालय, मदरसा, गोन्पा (गुम्बा), वेदविद्याश्रम, गरूकुल, आश्रम सञ्चालनसम्बन्धी नीति नियमसम्बन्धी कार्यहरू।
  • अनौपचारिक, प्रौढ विद्यालय, खुला विद्यालय, ट्युसन तथा कोचिङ केन्द्र आदिका लागि रणनीति तर्जुमा गर्नेसम्बन्धी कार्यहरू।
  • अनौपचारिक शिक्षासम्बन्धी नीति निर्माण कार्यहरू।
  • वैकल्पिक तथा निरन्तर शिक्षालाई प्रवर्धन गर्ने कार्यक्रमहरू सञ्चालनसम्बन्धी कार्यहरू।
  • नेपालमा सञ्चालित शिक्षासँग सम्बन्धित सङ्घ संस्थाहरू (वैकल्पिक शिक्षा जस्तै ट्युसन तथा कोचिङ केन्द्र आदि) को नियमनसम्बन्धी कार्यहरू।
  • वैकल्पिक तथा खुला शिक्षाको स्वरूप निर्धारण तथा नीति निर्माणसम्बन्धी कार्यहरू।
  • खुला सिकाइलाई प्रोत्साहित गर्ने आवश्यक सहयोग गर्नेसम्बन्धी सहयोग गर्ने कार्यहरू।
  • अन्य देशका खुला तथा वैकल्पिक शिक्षामा काम गर्ने संस्थासँग समन्वय तथा सहकार्य गर्नेसम्बन्धी कार्यहरू।
  • अनौपचारिक शिक्षासम्बन्धी नीति निर्माण लगायतका कार्य गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • पोषण योजनाको अनुगमन खाका निर्धारण सम्बन्धी कार्यहरू।
  • पोषण कार्यक्रम तथा बजेट कार्यान्वयन अनुगमन गर्ने कार्यहरू।
  • विद्यालय स्वास्थ्य, खानेपानी र सरसफाईको अनुगमन गर्ने कार्यहरू।
  • शिक्षाका लागि खाद्य कार्यक्रमको अनुगमन गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय अन्तर्गतका निकायहरूलाई कार्यक्रम कार्यान्वयन गर्न प्राविधिक सल्लाह उपलव्ध गराउने।
  • पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।