परिचय

मन्त्रालयको परिचय

मुलुकको समग्र शिक्षासम्बन्धी नीति निर्माण, शैक्षिक योजना तर्जुमा तथा शैक्षिक सुधारका कार्यक्रम कार्यान्वयनको समन्वय तथा सहजीकरण गर्ने कार्य शिक्षा मन्त्रालयबाट हुँदै आएको छ । उच्च शिक्षासम्बन्धी नीति निर्माण तथा कार्यक्रम सञ्चालनमा विश्वविद्यालय अनुदान आयोगबाट समन्वय र सहजीकरण हुँदै आएको छ भने विश्वविद्यालयहरूबाट आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

विद्यालय तहको शिक्षक छनोट, नियुक्ति र बढुवा सिफारिससम्बन्धी कार्य शिक्षक सेवा आयोगबाट हुँदै आएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षा सञ्चालन व्यवस्थापन हुँदै आएको छ ।

विद्यालय शिक्षासम्बन्धी आयोजनाहरूको कार्यान्वयन गर्ने जिम्मेवारीका साथ शिक्षा तथा मानव स्रोत विकास केन्द्र स्थापना भएको छ । केन्द्रबाट स्थानीय तह तथा प्रदेशबाट सञ्चालन हुने शैक्षिक कार्यक्रमहरूको समन्वय, सहजीकरण तथा प्रगति प्रतिवेदन तयारीसम्बन्धी कार्यक्रमहरू सम्पादन हुँदै आएका छन् । शिक्षक पेशागत विकासका लागि आवश्यक तालिम पाठ्यक्रम, तालिम प्याकेज विकास तथा श्रव्य तथा श्रव्यदृष्य सिकाइ सामग्रीको विकास केन्द्रबाट हुँदै आएको छ ।

विद्यालय शिक्षाको पाठ्यक्रम विकास तथा परिमार्जन र पाठ्यपुस्तक विकाससम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट हुँदै आएको छ । मुलुकको लागि आवश्यक मध्यमस्तरीय प्राविधिक जनशक्ति विकासका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद र प्रदेशस्थित कार्यालयहरूबाट प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । विद्यालय शिक्षाको उपलब्धि र कार्यसम्पादन परीक्षण गरी सुधारका लागि सुझाव दिन शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षकहरूको अभिलेख व्यवस्थापनका लागि राष्ट्रिय किताबखाना (शिक्षक) सञ्चालनमा रहेका छन् । पढाइ संस्कृतिको विकास तथा निरन्तर सिकाइको अवसर विस्तारका लागि राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय सञ्चालनमा रहेका छन् । त्यस्तै विद्यालय तहको पाठ्यपुस्तकहरू छपाइ र वितरणका लागि जनक शिक्षा सामग्री केन्द्र रहेको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा नवीनतम खोज तथा अनुसन्धान कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, विपि कोइराला मेमोरेयल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान संग्रालय स्थापना भै सञ्चालनमा रहेका छन् ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार मन्त्रालयको कार्य क्षेत्र देहाय अनुसार रहेको छः