प्रशासन महाशाखाको कार्य विवरण

  • मन्त्रिपरिषद्को बैठक, संसद तथा माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने प्रशासन महाशाखासँग सम्बन्धित विषयमा राय सहित पेश गर्ने कार्य;
  • नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलोजी समूह बाहेक) सम्बन्धी सम्पुर्ण कार्य;
  • कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन र अन्य गतिविधि र क्रियाकलापहरूको व्यक्तिगत अभिलेख अद्यावधिक सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, पदस्थापना, पुरस्कार, विभागीय सजाय, अवकाश, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारमा मनोनयन सम्बन्धी कार्य ;
  • प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित शैक्षिक निकायहरूसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, सहयोग, समन्वय तथा अनुगमन सम्बन्धी कार्य ;
  • मन्त्रालय र सम्बद्ध निकायका कर्मचारीहरूको सेवा, शर्त तथा वृत्ति विकास सम्बन्धमा प्रचलित ऐन नियमसम्बन्धी कार्य;
  • कानुनी राय परामर्श, ऐन-नियमको मस्यौदा, राजपत्रमा सूचना प्रकाशन, रिट निवेदनहरूको लिखित जवाफसम्बन्धी कार्य ;
  • मन्त्रालयको स्वीकृत वार्षिक बजेट र आर्थिक कार्यविधि नियमावलीको परिधिमा रही खर्च गर्ने, लेखा परीक्षण गराउने कार्य;
  • मन्त्रालयको चालु तथा पुँजीगत तर्फको बजेट तयारी तथा निकासा, केन्द्रीय हिसाब तयार गरी पेश गर्न गराउन सहजीकरणसम्बन्धी कार्य;
  • मन्त्रालय र सम्बद्ध निकायहरूको केन्द्रीय हिसाब तयार गरी पेश गर्ने, गराउने तथा बेरूजु फर्छ्यौट गर्ने, गराउने कार्य;
  • नागरिकले पाउनुपर्ने सेवा, सुविधा समूचित ढङ्गले पाए नपाएको, नागरिक बडापत्रको कार्यान्वयन स्थिति एवम् सोही बमोजिमको मानव संशाधन विकासका कार्य;
  • स्वीकृत वार्षिक बजेटको खरिद योजना/गुरुयोजना तयार गरी आवश्यकताअनुसार लागत अनुमान स्वीकृत गर्ने, बोलपत्र तथा दरभाउपत्रसम्बन्धी कागजातहरू स्वीकृत गर्ने, कार्यविवरण स्वीकृत गर्ने तथा परामर्शदाता एवम् आपूर्तिकर्ताहरूसँग सम्झौतासम्बन्धी कार्य;
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई कार्यान्वयन तथा अनुगमनसम्बन्धी कार्य;
  • मन्त्रालय र सम्बद्ध निकायसँग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र सोको आवश्यक कारबाही गरी फर्छ्यौट गर्ने, उजुरी/गुनासो सम्पादन र फर्छ्यौट कार्यहरू गर्दा आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालय र सम्बद्ध निकायका कार्यसम्पादन सम्बन्धमा नियमनकारी निकायलगायतबाट प्राप्त उजुरी तथा गुनासोका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्ने लगायतका कार्य;
  • विभिन्न नियमनकारी निकायका सिफारिस र निर्देशनका सम्बन्धमा कार्ययोजना तयारी, कार्यान्वयन र प्रतिवेदनसम्बन्धी कार्य;
  • अख्तियारको दुरुपयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी विषयमा मन्त्रालयको सम्पर्क बिन्दुको कार्य;
  • सबै महाशाखाहरूको प्रशासकीय कार्य सम्पादन गर्न समन्वय, सहयोगी र नेतृत्वदायी भूमिका निर्वाहसम्बन्धी कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

कर्मचारी प्रशासन शाखाको कार्य विवरण

  • मन्त्रालय र मातहतका निजामती कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा, पदपूर्ति, अस्थायी दरबन्दी, पदस्थापन, पुरस्कार, विभागीय सजाय, अवकाश, कार्यसम्पादन मूल्याङ्कन, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी प्रारम्भिक कार्यहरू र निर्णयानुसार पत्राचार गर्ने तथा अभिलेख अद्यावधिक राख्ने सम्बन्धी कार्य ;
  • मन्त्रालयमा कार्यरत कर्मचारीहरू को शाखा, महाशाखामा जिम्मेवारी तोक्न पेश गर्ने, कर्मचारीहरूको हाजिरी निरीक्षण सम्बन्धी कार्य;
  • मन्त्रालयमा कार्यरत कर्मचारीहरूको गुनासो, प्रतिक्रिया तथा सुझावहरू व्यवस्थापन सम्बन्धी कार्य;
  • कर्मचारीको वैयक्तिक विवरण समेटिएको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालय र सम्बद्ध निकायहरुको लागि आवश्यक जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र क्षमता विकास सम्बन्धी कार्य;
  • आफ्नो शाखाको कर्मचारी व्यवस्थापन, स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन लगायतका नियमित कार्य;
  • मन्त्रालय र सम्बद्ध निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्राचार सम्बन्धी कार्य;
  • नेपाल शिक्षा सेवाको सन्चालन (आर्कियोलोजी समूह बाहेक) सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निकायहरूको रिक्त पदहरुको माग आकृति फाराम पठाउने सम्बन्धी कार्य;
  • पदीय दायित्व पुरा नगर्ने र गैरआचारणको काम गरी अख्तियार दुरुपयोग गर्ने मन्त्रालय र मातहतका कर्मचारीलाई प्रचलित कानुनबमोजिम लोकसेवा आयोगको राय परामर्श लिई विभागीय कारबाही गर्ने गराउने सम्बन्धमा सम्बन्धित महाशाखाको रायसहित अग्रिम कारबाहीका लागि प्रशासन महाशाखामा पेश गर्ने सम्बन्धी कार्य;
  • निजामती कर्मचारीहरूको उजुरी/सम्पत्ति विवरण अभिलेख तथा PIS व्यवस्थापन सम्बन्धी कार्य;
  • नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकमा पेश गर्नुपर्ने प्रस्ताव तयार गर्ने कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

आर्थिक प्रशासन शाखाको कार्य विवरण

  • मन्त्रालय र मातहतका निकायहरुको वार्षिक बजेट तथा कार्यक्रम तयार गर्न सहजीकरण गर्ने सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निकायहरुको बजेट रकमान्तर तथा स्रोतान्तर गर्न सहजीकरण गर्ने सम्बन्धी कार्य;
  • मन्त्रालयको बजेट खर्च लेखाङ्कन तथा प्रतिवेदन सम्बन्धी कार्य;
  • मन्त्रालयको राजस्व तथा धरौटी सम्बन्धी कार्य ;
  • मन्त्रालयको केन्द्रीय लेखा (नेपाल सार्वजनिक क्षेत्र लेखामानमा आधारित) तयारी सम्बन्धी कार्य;
  • मन्त्रालयको आन्तरिक लेखा परीक्षण सम्बन्धी कार्य;
  • मन्त्रालयको अन्तिम लेखा परीक्षण सम्बन्धी कार्य;
  • मन्त्रालयको बेरूजु सम्बन्धी कार्य तथा मातहतका निकायहरुको बेरुजु फर्छ्यौटमा सहजीकरण गर्ने सम्बन्धी कार्य ;
  • आर्थिक प्रशासन शाखासँग सम्बन्धित वार्षिक बजेटमा उल्लेखित कार्यक्रम सञ्चालन सम्बन्धी कार्य ;
  • आर्थिक प्रशासनसँग सम्बन्धित विषयमा राय परामर्श उपलब्ध गराउने सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निकायमा गठित विभिन्न समितिमा रही गरिने कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

कानुन तथा फैसला कार्यान्वयन शाखाको कार्य विवरण

  • मन्त्रालय पक्ष/विपक्ष भएको मुद्दामा श्री सर्वोच्च अदालत र अन्य अदालतमा फिरादपत्र, प्रतिउत्तर पत्र, रिट निवेदनपत्र र लिखित जवाफको मस्यौदा गरी पेश गर्ने र दायर-दर्ता गराउने विषय सम्बन्धी कार्य;
  • मन्त्रालयको नीति अनुसार मन्त्रालयको तर्फबाट विधेयक, नियम र आदेशहरूको मस्यौदा गरी सम्पादन र सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र स्वीकृत भई आएपछिको कारबाही गर्ने, गराउने सम्बन्धी कार्य;
  • मन्त्रालयको निर्णय बमोजिम नेपाल राजपत्रमा प्रकाशन गरिने सूचनासम्बन्धी कारबाही गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने, गराउने सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निकायबाट विभिन्न विषयमा कानुनी राय माग भएमा राय उपलब्ध गराउनेसम्बन्धी कार्य;
  • मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा अन्य मन्त्रालयबीच नीतिगत तथा कानुनी विषयका सम्बन्धमा सम्पर्क शाखाको रूपमा गर्ने कार्य;
  • शिक्षा, खेलकुद र स्काउट सम्बन्धी ऐन, नियम, विनियम र निर्देशिका अद्यावधिक गर्ने, गराउने कार्य;
  • मन्त्रालय र मन्त्रालय सम्बद्ध पदाधिकारीलाई विपक्षी बनाई परेको रिटको लिखित जवाफ तयार गरी पेश गर्ने कार्य;
  • अदालतबाट भएको फैसला कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गर्ने कार्य;
  • ऐन, नियम, विनियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड संशोधनका लागि गर्नुपर्ने कार्य;
  • जाँचबुझ आयोगको मन्त्रालय र मातहतका निकायहरुसँग सम्बन्धित कार्य;
  • मन्त्रालय र मातहतका निकायहरूको सरकारवादी मुद्दा सम्बन्धी कार्य;
  • शाखासँग सम्बन्धित महत्त्वपूर्ण कागजात तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

आन्तरिक व्यवस्थापन शाखाको कार्य विवरण

  • मन्त्रालयमा आवश्यक पर्ने सामानहरूको माग संङ्कलन, माग फाराम स्वीकृत गर्ने, गराउने तथा खरिद कार्य तथा प्रत्यायोजित अधिकार बमोजिमका कार्य;
  • खरीद भएका सामानहरूको आवश्यकता अनुसार शाखा, महाशाखामा व्यवस्थापन गर्ने, भण्डार दाखिला हुने सामानहरू आवश्यक जाँच गरी दाखिला गर्ने तथा जिन्सी स्रेस्ता अद्यावधिक राख्ने र जिन्सी लेखापरीक्षण गराउने कार्य ;
  • कार्यालय सामानहरूको सञ्चय, खर्च, लिलाम र मिनाहा लगायत भण्डार व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालयको भवन, कम्पाउण्ड र बगैँचाको सुरक्षाको व्यवस्थापन मिलाउने, निरीक्षण गर्ने तथा सरसफाईसम्बन्धी कार्य;
  • शाखाको कर्मचारी परिचालन,पत्र दर्ता तथा चलानी, स्वागत, सोधपुछ कक्ष, हल व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालयको सुरक्षा व्यवस्थापन, सवारी साधनको परिचालन, कार्यालय भवन, बिजुली, धारा, टेलिफोन आदिको आपूर्ति तथा मर्मत सम्भारको व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालय र मातहतका निकायहरूको जिन्सी निरीक्षण गरी आवश्यकता अनुसार पृष्ठपोषण तथा निर्देशन दिने कार्य;
  • मन्त्रालय र अन्तर्गत निकायहरूको जग्गा-जमीन, भवन, सवारी साधन र अन्य सम्पत्तिहरूको संरक्षण गर्ने तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

शासकीय सुधार शाखाको कार्य विवरण

  • मन्त्रालय र मातहतका निकायहरूमा भए गरेका कार्यहरूमा अनियमितता वा हिनामिना भएको भनी परेका उजुरीहरूको सम्बन्धमा सुनुवाईका लागि गर्नुपर्ने कार्य;
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकार लगायत अन्य नियामक निकायमार्फत् प्राप्त निर्देशन र उक्त निकाय मार्फत आएका उजुरीमाथि आवश्यक छानबिन गर्ने गराउने र राय सहितको प्रतिवेदनसम्बन्धी कार्य;
  • विभिन्न निकाय तथा माध्यमबाट प्राप्त भएका गुनासो तथा प्रतिक्रिया, सुझाव व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी कार्य;
  • अनियमतिता वा भ्रष्टाचारका उजुरीका सम्बन्धमा सचिव वा मन्त्री वा मन्त्रिपरिषद्स्तरीय निर्णयबाट गठित छानबिन समिति वा आयोगहरूमा आवश्यकतानुसार प्रतिनिधित्व गर्ने कार्य;
  • सुशासन कार्ययोजना, भ्रष्टाचार निवारण सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशन लगायतको कार्य योजना कार्यान्वयन गरी प्रगति प्रतिवेदन सम्बन्धी कार्य;
  • अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी कार्यमा मन्त्रालयको सम्पर्क बिन्दु (Focal Point) को रूपमा गर्ने कार्य;
  • मन्त्रालय र मातहतका निकायहरूको आवधिक निरीक्षण गरी सबल पक्षको प्रोत्साहन गर्दै सुधार गर्नु पर्ने पक्षका सम्बन्धमा आवश्यक पृष्ठपोषण दिने र सोको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने कार्य;
  • आफ्नो शाखासँग सम्बन्धित आर्थिक वर्षको निम्ति सम्पादन गरिने कामकारबाहीहरूको लक्ष्य एवम् प्रगतिसहितको वार्षिक कार्ययोजना निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्य;
  • जनगुनासो एवम् उजुरी व्यवस्थापनको क्षेत्रमा प्रभावकारिता अभिवृद्धिको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, नीति र कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन सम्बन्धी कार्य;
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्य

मन्त्रीको सचिवालयको कार्य विवरण

  • मन्त्रालयको महाशाखा/शाखा र मातहतका निकायबाट प्राप्त टिप्पणी तथा फाइलहरूको प्रशासनिक र कानुनी अध्ययन गर्ने कार्य;
  • फाइल अध्ययन गरी माननीय मन्त्रीज्यूलाई नीतिगत तथा प्रशासनिक ब्रिफिङ गर्ने कार्य;
  • निकायगत समन्वय र सहजीकरण गर्ने कार्य;
  • जनगुनासो व्यवस्थापन गर्ने कार्य;
  • मन्त्रीज्यूको दैनिक भेटघाट, बैठक लगायतका कार्यतालीका व्यवस्थापन गर्ने कार्य;
  • अन्तर्राष्ट्रिय तथा कुटनैतिक सम्बन्ध (विदेशी शिष्टाचार भेटघाट (Courtesy Call) मा सहजीकरण गर्ने) सम्बन्धी कार्य;
  • सचिवालयको समग्र सञ्चालन, प्रशानीक व्यवस्थापन तथा नेतृत्व गर्ने कार्य;
  • मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।

सचिवको सचिवालयको कार्य विवरण

  • सचिव उपस्थित हुनुपर्ने बैठक, सभा, गोष्ठी र सम्मेलनहरूको टिपोट बनाई मिति, समय र उपस्थिति हुनुपर्ने स्थान सहितको विवरण यथा समयमा जानकारी गराउने कार्य;
  • सेवाग्राही एवम् सम्बन्धित व्यक्तिलाई सचिवसँग भेटघाट गराउन सहजीकरणसम्बन्धी कार्य;
  • सचिवसँग सम्बन्धित एवम् प्राप्त भएको टिप्पणी पत्र, फाइल र कागजात दर्ता, चलानी, प्रेषण र अभिलेखाङ्कनसम्बन्धी कार्य;
  • सचिवको तर्फबाट जारी हुने प्रेस विज्ञप्ति, शुभकामना सन्देश जस्ता कागजात तयारीसम्बन्धी कार्य;
  • सचिवालयमा आउने टेलिफोन, सूचना एवम् जानकारी गराई प्राप्त निर्देशन अनुसार कार्य;
  • सचिवको आवश्यकता एवम् निर्देशन अनुसार महाशाखा, अन्तरगतका निकाय र अन्तरमन्त्रालयगत समन्वयसम्बन्धी कार्य;
  • सचिवालयमा आवश्यकता एवम् निर्देशन अनुसारका अन्य कार्य एवम् सचिवालय व्यवस्थापनसम्बन्धी कार्य;
  • मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।