उच्च तथा प्राविधिक शिक्षा महाशाखाको कार्य विवरण
- मन्त्रिपरिषद्को बैठक, संसद तथा माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने उच्च तथा प्राविधिक शिक्षा महाशाखासँग सम्बन्धित विषयमा राय सहित पेश गर्ने कार्य;
- उच्च शिक्षाको राष्ट्रिय शैक्षिक योग्यता सम्बन्धी कार्य तथा विश्विविद्यालयले प्रदान गर्ने उच्च शिक्षा सम्बन्धमा गुणस्तर कायम गर्न योजना, नीति, नियम र मापदण्ड तय गर्ने कार्य;
- उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको विकासका लागि आवश्यक नीति, नियमहरूको तर्जुमा,कार्यान्वयन तथा अनुगमन, मूल्याङ्कन गरी पृष्ठपोषण तथा आवश्यकता अनुसार निर्देशनसम्बन्धी आवश्यक कार्य;
- उच्च शिक्षा सञ्चालन गर्ने संस्था दर्ता गर्ने क्रममा मन्त्रालयको तर्फबाट राय प्रदान गर्ने सम्बन्धी आवश्यक कार्य;
- वैदेशिक शिक्षण संस्था तथा विश्वविद्यालयहरूसँग सम्पर्क बिन्दुको काम गरी विदेशी शिक्षण संस्थाले नेपालमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक नीति, नियम र निर्देशिकासम्बन्धी कार्य;
- विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्न चाहने क्याम्पस तथा शैक्षिक संस्थाहरूको सञ्चालन अनुमति, ठाँउसारी, नाम परिवर्तन, गाभ्ने तथा खारेजी, निरीक्षण तथा अनुगमन गर्ने तथा संस्थाहरूको सम्बन्धन, नवीकरण सम्बन्धी कार्य;
- विश्वविद्यालय एवम् शिक्षण संस्थाहरूले प्रचलित ऐन तथा नियमावलीकव पालना भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरी गराई आवश्यकतानुसार कारबाही गर्ने वा सोको निम्ति सम्बन्धित निकायमा पेश गर्नेसम्बन्धी कार्य;
- प्राज्ञिक अनुसन्धानमा संलग्न उच्च शिक्षासम्बन्धी सङ्घ संस्थाहरूसँग समन्वय गर्ने कार्य;
- केन्द्रीय विश्वविद्यालयका उपकुलपतिहरूलाई मन्त्रालयको सल्लाहकार समूहको रूपमा विकास गर्ने सम्बन्धी आवश्यक कार्य;
- विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूसँग सम्बन्धित विषयगत कार्य;
- चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरु, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ परिषद् तथा नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य परिषद्लगायत अन्य सम्बन्धित परिषद्सँग समन्वय तथा आवश्यकता अनुसार निर्देशनसम्बन्धी कार्य;
- शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नीति, नियम तथा निर्देशिका निर्माण गरी लागु गर्ने गराउने कार्य;
- महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्ने कार्य;
- आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई कार्यान्वयन तथा अनुगमनसम्बन्धी कार्य;
- कुनै निकायले महाशाखासम्बन्धी विषयमा राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया पेश गर्ने कार्य;
- वैदेशिक अध्ययन अनुमति (NOC) र समकक्षता सम्बन्धी विद्यमान निर्देशिकाहरूलाई समयसापेक्ष परिमार्जन गर्न मन्त्रालयमा सिफारिस सम्बन्धी कार्य;
- निजी स्रोतमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि विषय स्वीकृति तथा विदेशी मुद्रा उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित निकायमा सिफारिशसम्बन्धी कार्य;
- अनुमति नलिई विदेश पढ्न जाने वा अवैध माध्यमबाट रकम पठाउने कार्यलाई रोक्न बैंङ्किङ्ग क्षेत्र र नियमनकारी निकायसँग समन्वय गर्ने कार्य;
- विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिहरूको मान्यता तथा समकक्षता (Equivalence) निर्धारण गर्ने मापदण्ड कार्यान्वयनसम्बन्धी कार्य;
- शङ्कास्पद वा नक्कली शैक्षिक प्रमाणपत्रहरूको छानबिन र मूल्याङ्कनका लागि विज्ञ समिति गठन र परिचालनसम्बन्धी कार्य;
- स्वदेशी र विदेशी पाठ्यक्रमको तुलनात्मक मूल्याङ्कन गरी समकक्षता सम्बन्धी विवादहरू निरूपणसम्बन्धी कार्य;
- वैदेशिक अध्ययन सम्बन्धी शैक्षिक परामर्शदाता संस्थाहरू (Consultancies)को दर्ता, नवीकरण, प्रमाणीकरण, र कार्यविधिको नियमनसम्बन्धी कार्य;
- परामर्शदाता संस्थाहरूको आकस्मिक अनुगमन गरी आचारसंहिता पालना नगर्ने संस्थालाई कानुनी दायरामा ल्याउने सम्बन्धी कार्य;
- नेपाल सरकार तथा विदेशी सरकारहरूबाट प्राप्त हुने सरकारी तथा संस्थागत छात्रवृत्तिहरूको छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने कार्य;
- परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल राष्ट्र बैंङ्क, र विभिन्न देशका कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वयसम्बन्धी कार्य;
- विद्यालय शिक्षाको मान्यता तथा समकक्षता सम्बन्धी कार्य;
- वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको सुरक्षा र हितका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूसँग सम्पर्क सञ्जाल निर्माण गर्ने कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
उच्च शिक्षा शाखाको कार्य विवरण
- उच्च शिक्षासम्बन्धी आवश्यक नीति नियमहरूको तर्जुमा, मापदण्ड निर्धारण, नियमन, योजना, कार्यक्रम व्यवस्थापन सम्बन्धी कार्य;
- विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गरी पृष्ठपोषण तथा आवश्यकता अनुसार निर्देशन दिने कार्य;
- विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय र नेपाल सरकारबीच सम्पर्क माध्यमको रूपमा कार्य गर्ने;
- अन्तरदेशीय उच्च शिक्षा (Transnational Higher Education) सम्बन्धी नीति नियमहरूको तर्जुमा, मापदण्ड निर्धारण, नियमन, योजना, कार्यक्रम व्यवस्थापनसम्बन्धी कार्य;
- विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको अनुमति, नवीकरण, अनुगमन तथा नियमन लगायतका कार्य;
- उच्च शिक्षा र माध्यमिक शिक्षाबिच सामञ्जस्य (Vertical Linkage) कायम गर्ने सम्बन्धी कार्य;
- नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक लगायतका पदकहरू वितरणसम्बन्धी कार्य;
- विश्वविद्यालयहरुका लागि आवश्यक कानुनहरूको तर्जुमा गर्ने सम्बन्धी कार्य;
- नेपालमा विदेशी विद्यार्थीहरू अध्ययन अनुसन्धान गर्न आउन सक्ने वातावरणको सिर्जना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा सम्बन्धित निकायहरुसँग समन्वय गर्ने कार्य;
- वैदेशिक शिक्षण संस्था तथा विश्वविद्यालयहरूसँग सम्पर्क बिन्दुको रूपमा गर्ने कार्य;
- प्राज्ञिक अनुसन्धानमा संलग्न उच्च शिक्षासम्बन्धी सङ्घ संस्थाहरूसँग समन्वय गर्ने कार्य;
- उच्च शिक्षासँग सम्बन्धित परियोजनाको वातावरणीय संक्षिप्त तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदनको स्वीकृति सम्बन्धी कार्य र वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी कार्य;
- विश्वविद्यालय तथा विदेशी विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षाका सम्बन्धमा गुणस्तरसम्बन्धी योजना, नीति, नियम तथा मापदण्ड तय गर्ने सम्बन्धी कार्य;
- विभिन्न विश्वविद्यालयहरुबीच क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाका लागि आवश्यक नीति, नियम तर्जुमासम्बन्धी कार्य;
- विदेशी विश्वविद्यालयहरूबाट प्राप्त शैक्षिक उपाधीको समकक्षता सम्बन्धी नीति, नियम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने व्यवस्था मिलाउने सम्बन्धी कार्य;
- औपचारिक एवम् अनौपचारिक प्रणालीबाट योग्यताको प्राज्ञिक प्रमाणपत्रको समकक्षतासम्बन्धी मापदण्ड निर्धारण गर्नेसम्बन्धी कार्य;
- उच्च शिक्षासम्बन्धी राष्ट्रिय योग्यता प्रारुप निर्धारणसम्बन्धी कार्य;
- विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी तथा नियुक्ती व्यवस्थापनमा सहजीकरण सम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
प्राविधिक शिक्षा शाखाको कार्य विवरण
- प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विकासका लागि आवश्यक नीति नियमहरूको तर्जुमा, मापदण्ड निर्धारण, नियमन, योजना, कार्यक्रम व्यवस्थापनसम्बन्धी कार्य;
- प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी अनुगमन, मूल्याङ्कन गरी पृष्ठपोषण तथा आवश्यकता अनुसार निर्देशन दिने कार्य;
- चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ परिषद् तथा नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य परिषद्लगायत अन्य सम्बन्धित परिषद्सँग समन्वयसम्बन्धी कार्य;
- बहुप्राविधिक शिक्षालयसम्बन्धी नीति, नियम, योजना तर्जुमासम्बन्धी कार्य;
- माध्यमिक तहमा सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति, नियम र योजना तर्जुमासम्बन्धी कार्य;
- प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालन गर्ने संस्थाहरूसँग समन्वय, अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषणसम्बन्धी कार्य;
- मेडिकल, इन्जिनियरिङ तथा अन्य प्राविधिक प्रकृतिका कलेजहरूको सञ्चालनका लागि आवश्यक नीति, नियम तर्जुमा गर्ने सम्बन्धी कार्य;
- व्यावसायिक सिप विकास गर्नका लागि व्यावसायिक तालिमका परम्परागत तथा नवीनतम् पेशाहरु, सीप विकास गर्न प्रयोग हुने प्राकृतिक श्रोत तथा सांस्कृतिक सम्पदाहरु, औद्योगिक क्षेत्र, श्रम बजार र वैदेशिक रोजगारीका अवसरहरुसँग सम्बन्धित व्यावसायिक तालिमका सम्भाव्य क्षेत्रहरुको खोजी, पहिचान, सम्भाव्यता अध्ययन र अनुसन्धानसँग सम्बद्ध नीति निर्धारण, योजना तर्जुमा, समन्वय र व्यवस्थापनसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाको कार्य विवरण
- शैक्षिक परामर्शदाता संस्थाहरूको लागि आवश्यक नीति नियमहरूको तर्जुमा, मापदण्ड निर्धारण, नियमन, योजना, कार्यक्रम व्यवस्थापनसम्बन्धी कार्य;
- स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि ती शैक्षिक संस्थाहरूको आधिकारिक सूचना व्यवस्थापन गरी शैक्षिक परामर्श प्रदान गर्ने सम्बन्धी कार्य;
- स्वदेश तथा विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका शैक्षिक परामर्श दातृ संस्थाहरूले लिने परामर्श सेवा शुल्कलाई व्यवस्थित गर्ने कार्य;
- शैक्षिक परामर्श, पूर्व तयारी कक्षा, भाषा शिक्षण र भाषा परीक्षण सम्बन्धी कार्यलाई व्यवस्थित, सरल, सहज, भरपर्दो, गुणस्तरीय एवम् पारदर्शी बनाउने कार्य;
- स्वदेशी तथा विदेशी शैक्षिक संस्था र शैक्षिक परामर्शदाता संस्थाहरू र विद्यार्थीबीच समन्वय गर्ने कार्य;
- शैक्षिक परामर्शदाता संस्थाहरूको स्वीकृति, नवीकरण, अनुमगन र निरीक्षण गरी आवश्यक पृष्ठपोषण तथा निर्देशन दिने सम्बन्धी कार्य;
- प्रचलित कानुनबमोजिम स्वदेश तथा विदेशमा सञ्चालन भएका शैक्षिक संस्थाहरूबाट प्रदान गरिएका शैक्षिक प्रमाणपत्रहरू सम्बन्धित संस्थाबाट प्रमाणित भएर आएपछि प्रमाणीकरण गर्ने सम्बन्धी कार्य;
- उच्च शिक्षामा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी नीति, नियम, कार्यविधि तर्जुमा सम्बन्धी कार्य ;
- उच्च शिक्षा अध्ययन गर्नका लागि मन्त्रालयलाई स्वदेश तथा विदेशबाट प्राप्त सबै तहका छात्रवृत्तिका लागि उम्मेदवार छनोट, सिफारिस गर्ने र अभिलेख व्यवस्थापन गर्ने सम्बन्धी कार्य;
- स्वदेश तथा विदेशमा अध्ययन वा तालिममा जाने र फर्केर आएका व्यक्तिहरूको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य;
- मित्रराष्ट्रहरूसँग समन्वय गरी नेपालका लागि प्राथमिकता प्राप्त विभिन्न विषय र तहमा छात्रवृत्ति उपलब्ध गराउन पहल गर्ने, गराउने कार्य;
- मन्त्रालयलाई प्राप्त हुने छात्रवृत्तिमा छनोट भएर पनि अध्ययन गर्न नजाने तथा अध्ययन पूरा गरी तोकिएको सेवा सर्त पूरा नगर्ने विद्यार्थीलाई बिगो निर्धारणसम्बन्धी कार्य;
- नेपालमा नेपाली भाषा लगायतका विभिन्न विषयमा अध्ययन गर्न आउने विदेशी नागरिकका लागि नेपाल सरकारबाट प्रदान गरिने छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्य;
- छात्रवृत्ति सम्बन्धमा निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने सम्बन्धी कार्य;
- शङ्कास्पद वा नक्कली शैक्षिक प्रमाणपत्रहरूको छानबिन र मूल्याङ्कनका लागि विज्ञ समिति गठन र परिचालनसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
वैदेशिक अध्ययन अनुमति शाखाको कार्य विवरण
- निजी खर्च वा छात्रवृत्तिमा नेपाल बाहिर अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई आवश्यक पर्ने अध्ययन अनुमति पत्र (No objection Letter) प्रदान गर्ने, विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिस प्रदान गर्ने र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य;
- वैदेशिक अध्ययन अनुमतिसम्बन्धी नीति, नियम तथा निर्देशिका तयार गर्ने कार्य;
- शैक्षिक योग्यता तथा समकक्षता निर्धारण गर्ने सम्बन्धित निकायहरूसँग समन्वयसम्बन्धी कार्य;
- वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको तहगत/विषयगत विवरण तयार गर्ने कार्य;
- वैदेशिक अध्ययनका लागि विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको सूचीकरण सम्बन्धी कार्य;
- विद्यालय शिक्षाको मान्यता तथा समकक्षता सम्बन्धी कार्य;
- अनुमति नलिई विदेश पढ्न जाने वा अवैध माध्यमबाट रकम पठाउने कार्यलाई रोक्न बैंङ्किङ् क्षेत्र र नियमनकारी निकायसँग समन्वयसम्बन्धी कार्य;
- वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूको सुरक्षा र हितका लागि सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूसँग सम्पर्क सञ्जाल निर्माण गर्ने कार्य;
- मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।
सूचना प्रविधि शाखाको कार्य विवरण
- सूचना प्रविधि प्रणालीको विकास एवम् विस्तार गरी विद्युतीय सुशासन (e-Governance) प्रवर्द्धन गर्ने कार्य;
- मन्त्रालय र मातहतका निकायहरु बाट प्रदान गरिने सेवाहरूलाई विद्युतीय माध्यमको प्रयोग गरी प्रवाह गर्ने सम्बन्धी योजना, कार्ययोजना, रणनीति तर्जुमा लगायतका आवश्यक कार्य;
- मन्त्रालयका कामलाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्नको लागि व्यावसायिक प्रक्रिया (Business Process) अनुसार प्रणाली विकास गर्न प्रणाली विश्लेषण तथा प्रारुप निर्धारण (System Analysis and Design) को कार्य;
- नीतिगत एवम् कानुनी परिवर्तनबमोजिम सम्बन्धित शाखासँगको समन्वयमा कम्युटर प्रणालीमा परिमार्जन गर्ने व्यवस्था मिलाउने कार्य;
- मन्त्रालयको वेवसाइट सञ्चालनमा ल्याउने र मन्त्रालयका सूचनाहरू लाई विद्युतीय माध्यमबाट सम्प्रेषण गर्ने कार्य;
- मन्त्रालय र मातहतका निकायहरु का विभिन्न सूचना प्रविधि प्रणाली सञ्चालनका क्रममा देखिएका समस्याहरुको लिखत राख्ने र यथाशिध्र समाधान गर्नका लागि आवश्यक पर्ने support service को कार्य;
- विद्युतीय सुशासनका लागि आवश्यक तालिमको पहिचान, सञ्चालन तथा समन्वयसम्बन्धी कार्य;
- मन्त्रालय र मातहतका निकायमा सञ्चालित सूचना प्रविधि प्रणालीहरुलाई आवश्यकता वमोजिम अन्य निकायहरु सँग अन्तर आबद्धताको लागि सहजीकरणसम्बन्धी कार्य;
- मन्त्रालय मातहतका निकायहरुबाट माग भए अनुसार प्रविधि प्रयोग र संचालनको व्यवस्थाका लागि आवश्यक प्राविधिक सहयोग एवं परामर्शसम्बन्धी कार्य;
- शाखाको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वनयको लागि कार्ययोजना तयार गर्ने,कार्यान्वयन सम्बन्धीआवश्यकतानुसार सूचना प्रविधि प्रणाली संचालन सँग सम्बन्धित कार्य;
- मन्त्रालय तथा मातहतका निकायहरुमा ICT Networking, CCTV तथा अन्य आवश्यक विद्युतीय उपकरणहरूको आवश्यकता अनुसार प्राविधिक स्पेसीफिकेशन, Post delivery inspection लगायतका आवश्यक कार्य;
- मन्त्रालय तथा मातहतका निकायहरू मा सञ्चालनमा रहेका सूचना प्रविधि प्रणाली र पूर्वाधारको अनुगमन सम्बन्धी कार्य;
- मन्त्रालय र मातहतका निकायहरु का लागि साइवर सुरक्षा तथा सूचना सुरक्षाको लागि आवश्यक मापदण्ड, Business Continuity Plan तथा Disaster Recovery Plan तयार गरी सो को कार्यान्वयनसम्बन्धी कार्य;
- Government Enterprise Architect (GEA) audit र compliance सम्बन्धी कार्य;
- मन्त्रालय र सम्बद्ध कार्यालयहरुको सूचना प्रविधि प्रणालीको निरीक्षण, सुपरिवेक्षण तथा आवश्यकताअनुसार सूचना प्रणाली आन्तरिक परीक्षण (Internal Audit) गरी/ गराई सूरक्षण व्यवस्था अद्यावधिक राख्ने कार्य;
- मन्त्रालय र सम्बद्ध निकायहरू लाई ICT सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धी कार्य प्रयोगकर्ताहरूलाई आवश्यक तालिम तथा अभिमुखीकरणसम्बन्धी कार्य;
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ICT प्रवृत्ति, नवप्रवर्तन र उत्कृष्ट अभ्यासहरूको अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि सुझाव पेश गर्ने कार्य;
- डिजिटल शिक्षा, ई-लर्निङ, अनलाइन सेवा प्रवाह तथा खेलकुद सम्बन्धी सूचना व्यवस्थापन प्रणालीको विकास र विस्तारका लागि नीतिगत पहल गर्ने सम्बन्धी कार्य;
- मन्त्रालयको ICT Governance Framework तथा Enterprise Architecture सम्बन्धी नीतिगत व्यवस्था विकास गर्न सहजीकरणसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।