पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा

  • नेपालमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको तथ्याङ्‌क प्रणालीको स्थापना, व्यवस्थापन र नियमन सम्बन्धी कार्य गर्ने।
  • पारमाणविक पदार्थ, वेवारिसे श्रोतहरूको खोज तथा पूनर्लाभ र व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • आणविक उर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड निर्माण, कार्यान्वयन र नियमन गर्ने।
  • रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमन गर्ने।
  • पारमाणविक एवम् नाभिकिय विज्ञान प्रविधिको शान्तिपूर्ण प्रयोगको सुनिश्चितताका लागि आवश्यक मापदण्ड, निर्देशिका, कार्यविधि निर्माण गर्ने।
  • पारमाणविक पदार्थ सम्बन्धी ऐन कार्यन्वयनका लागि आवश्यक नियम, निर्देशिका, मापदण्ड तथा फारमहरू निर्माण गर्ने।
  • पारमाणविक प्रविधिको उपयोग तथा प्रवर्द्धन र त्यसको अनुगमन, नियमन, नियन्त्रण र सोसम्बन्धी जनशक्तिको विकास र उपयोग गर्ने।
  • रेडियोधर्मी पदार्थको आयात, ढुवानी, भण्डारण, जडान, प्रयोग तथा विसर्जन सम्बन्धमा आवश्यकता अनुरूप स्थलगत निरीक्षण गर्ने।
  • पारमाणविक पदार्थको प्रयोग र उपयोगसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने।
  • पारमाणविक प्रविधिको उपयोग तथा विकाससम्बन्धी समयसापेक्ष नीति निर्माण तथा परिमार्जन गर्ने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा अध्ययन अनसन्धान गर्न प्राथमिकता निर्धारण गर्ने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा नविनतम खोज, अनुसन्धान नतिजा र प्रविधिवारे सुसूचित गराउने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा गोष्ठी, सेमिनार, तालिम, सम्मेलन आयोजना गर्ने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय, सभा सम्मेलन, तालिम, प्रशिक्षणमा सहभागीताका लागि उपयुक्त उम्मेदवार मनोनयन सिफारिश गर्ने।
  • पारमाणविक प्रविधिको शान्तिपूर्ण प्रयोग तथा विकासका लागि अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (International Atomic Energy Agency-IAEA) तथा क्षेत्रीय सहयोग सम्झौता (Regional Cooperative Agreement-RCA) लगायतका निकायहरूसँग आवश्यक समन्वय गर्ने।
  • अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) तथा क्षेत्रीय सहयोग सम्झौता (RCA) को प्राविधिक सहायतामा नेपालमा सञ्चालित परियोजनाहरूको अनुगमन, मूल्याङ्‌कन, समन्वय तथ्याङ्‌क प्रणालीको स्थापना र समन्वय सम्बन्धी कार्य गर्ने।
  • पारमाणविक पदार्थ सम्बन्धी ऐन बमोजिमको नियामक निकाय (Regulatory Board) को सचिवालयको रूपमा कार्य गर्ने।
  • परमाणु प्रविधि राष्ट्रिय सल्लाहकार समितिको कार्य सञ्चालन सम्बन्धी समन्वय गर्ने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा नेपाल सरकारलाई राय, परामर्श उपलब्ध गराउने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • आयनिकृत विकीरणको सम्भाव्य प्रतिकूल वा हानिकारक असरबाट भौतिक, मानवीय, र वातावरण संरक्षण गर्नको लागि आवश्यक नीति, मापदण्ड, शर्त र कार्यविधि बनाई लागु गर्ने।
  • रेडियोधर्मी पदार्थको आयात, ढुवानी, भण्डारण, जडान, प्रयोग तथा विसर्जनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड निर्माण गर्ने र तत्सम्बन्धी जानकारी सार्वजनिक गर्ने।
  • विकीरण उत्पादन गर्ने उपकरण र रेडियोन्यूल्काइड्स प्रयोगकर्ताको लागि आवश्यक योग्यता र तालिमको मापदण्ड निर्धारण गर्ने।
  • पारमाणविक भट्टी सञ्चालनका लागि योग्यता तथा मापदण्ड निर्धारण गर्ने।
  • पारमाणविक संयन्त्रको नष्ट गर्ने सम्बन्धी मापदण्ड निर्धारण गर्ने।
  • विकीरण उत्पादन गर्ने उपकरण र रेडियोन्यूल्काइड्स प्रयोग गर्ने व्यक्तिहरू, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संरक्षणको लागि अपनाउनुपर्ने उपायहरूसम्बन्धी मापदण्ड निर्धारण गर्ने।
  • अभ्यासको औचित्यता र संसर्ग (Optimization) लगायत विरामीको संरक्षण गर्नका लागि अपनाउनु पर्ने उपायहरू सम्बन्धी मापदण्ड निर्धारण गर्ने।
  • रेडियोधर्मी फोहोरमैला तथा उपयोग गरिएको इन्धनको व्यवस्थापनसम्बन्धी मापदण्ड निर्धारण गर्ने।
  • रेडियोधर्मी स्रोतहरूको सुरक्षा र संरक्षणका लागि अपनाउनु पर्ने उपायहरू सम्बन्धी मापदण्ड निर्धारण गर्ने।
  • पारमाणविक पदार्थको प्रयोग र उपयोगसम्बन्धी गोष्ठी, सेमिनार, तालिम, सम्मेलन तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।
  • पारमाणविक मात्रा (Dose) र रेडियसन मात्रा (Dose) को मात्रालाई न्यूनतम तहमा रहेको सुनिश्चित गर्ने गराउने।
  • पारमाणविक पदार्थसम्बन्धी मापदण्ड तथा गुणस्तरको सम्वन्धमा राय, सुझाव प्रदान गर्ने।
  • निकासी र पैठारी गर्न इजाजतपत्र लिनुपर्ने नियन्त्रित पारमाणविक तथा रेडियोधर्मी पदार्थको सूची तयार गर्ने।
  • पारमाणविक पदार्थको नापतौल वा मापन, नापतौल वा मापनको यथार्थता (Accuracy) को मूल्याङ्‌कन, अन्तरको पुनरावलोकन, अभिलेखन तथा प्रतिवेदन सम्बन्धी पद्धति र कार्यविधि विकास गरी लागु गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • पारमाणविक पदार्थको नविनतम खोज, अनुसन्धान नतिजा, र प्रविधि बारे अभिलेख राख्ने तथा सार्वजनिक गर्ने।
  • इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया सम्बन्धी सार्वजनिक सूचना जारी गरी प्रचार प्रसार गर्ने।
  • पारमाणविक पदार्थ वा रडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न चाहने कुनै व्यक्ति वा संस्थाले त्यस्तो क्रियाकलाप वा अभ्यास गर्ने वा इजाजतपत्र परित्याग गर्ने प्रयोजनका लागि दिएको निवेदन दर्ता गर्ने।
  • शाखामा परेका निवेदन उपर आवश्यकता अनुसार स्थलगत निरीक्षण समेत गरी आवश्यक छानबिन गरी राय सहितको प्रतिवेदन पेश गर्ने।
  • निवेदकलाई इजाजतपत्र दिन उपयुक्त देखी इजाजतपत्र दिन मिल्ने निर्णय भएको अवस्थामा निवेदकलाई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र दिने।
  • निवेदकको इजाजतपत्र परित्यागका लागि अनुमति दिने गरी निर्णय भएको अवस्थामा इजाजतपत्रको परित्याग सम्बन्धी कारबाही गर्ने।
  • आयनिकृत विकिरण संलग्न क्रियाकलाप र अभ्यास सञ्चालन गर्न इजाजतपत्र जारी गर्ने, नवीकरण, ठेगाना परिवर्तन, संशोधन, निलम्बन तथा खारेजीसम्बन्धी कार्य गर्ने।
  • विकीरणका स्रोतहरूको वर्गीकरण गर्ने तथा इजाजतपत्रवाला र त्यस्तो स्रोतहरूको राष्ट्रिय अभिलेख तयार गरी त्यस्तो अभिलेखलाई नियमित रूपमा अद्यावधिक गरी व्यवस्थित गर्ने।
  • विकीरणका स्रोतहरूको वर्गीकरण गरी त्यस्ता स्रोतहरूको अभिलेख राख्ने प्रयोजनको लागि एक राष्ट्रिय दर्ता किताब खडा गरी त्यसलाई नियमित रूपमा अद्यावधिक गरी राख्ने।
  • रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षणको लागि राष्ट्रिय अभिलेखमा रहेको सूचना वा जानकारी संरक्षण गर्न आवश्यक उपायहरू अवलम्बन गर्ने।
  • अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (IAEA) तथा क्षेत्रीय सहयोग सम्झौता (RCA) को प्राविधिक सहायतामा सञ्चालित परियोजनाहरूको अनुगमन, मूल्याङ्‌कन, समन्वय तथा विवरण अद्यावधिक गर्ने।
  • पारमाणविक विज्ञानका विविध विधाहरूमा अध्ययन अनुसन्धान गर्न प्राथमिकता निर्धारण गर्ने।
  • पारमाणविक पदार्थसम्बन्धी प्रचलित कानुन तथा इजाजतपत्रमा तोकिएको शर्त र अवस्थाको पालना गरे नगरेको सम्बन्धमा निरीक्षण, अनुगमन, जाँचबुझ र कारबाहीसम्बन्धी कार्य गर्ने।
  • अनुगमन तथा निरीक्षणको काम प्रभावकारी रूपले सम्पादन गर्न अनुगमन तथा निरीक्षण सम्बन्धी कार्ययोजना तथा कार्यक्रम तर्जुमा गरी स्वीकृत गराई कार्यन्वयन गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास सञ्चालन गर्न चाहने कुनै व्यक्तिले वहन गर्नु पर्ने वित्तीय दायित्व लगायतका दायित्व र जिम्मेवारी निर्धारण गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यासको सुरक्षित सञ्चालनको लागि जिम्मेवार कर्मचारीहरूको योग्यता तोक्ने र तिनको सक्षमता यकिन गर्ने।
  • सम्पादन गर्नु पर्ने कामको लागि अन्य मुलुकका यस्तै प्रकृतिका संस्था वा निकाय, अन्तर्रष्ट्रिय आणविक उर्जा एजेन्सी लगायतका अन्तर्राष्ट्रिय संस्थासँग सूचना तथा सहयोग आदान प्रदान गर्ने।
  • पारमाणविक पदार्थजन्य क्रियाकलाप र अभ्यासको नियमन प्रक्रिया, सुरक्षा, स्वास्थ्य तथा वातावरणीय पक्ष, कुनै घटना तथा दुर्घटना भएमा पर्ने असर समेतका बारेमा सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराउने तथा परामर्श गर्ने।
  • पारमाणविक पदार्थ वा विकीरणका स्रोत संलग्न कुनै अप्रत्यासित घटना वा दुर्घटनाको अनुसन्धान गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थ र संयन्त्र संलग्न कुनै पनि अनधिकृत वा वदनियतपूर्ण कार्यको पहिचान, रोकथाम र तत्सम्बन्धमा गरिने कारबाहीका लागि आवश्यक उपायहरू लगायत त्यस्ता पदार्थ वा सयन्त्रको संरक्षणको लागि आवश्यक उपायहरू अवलम्वन गर्ने।
  • रेडियोधर्मी स्रोत तथा त्यस्ता स्रोतको उपयोगी आयु समाप्त हुँदाका बखत तिनको सुरक्षित किसिमले व्यवस्थापन र संरक्षण भएको सुनिश्चित गर्नको लागि आवश्यक नियन्त्रण पद्धतिको स्थापना गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थ संलग्न विपत्‌को तयारी र व्यवस्थापनसम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा अन्य सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • रेडियोधर्मी पदार्थको आयात, ढुवानी, भण्डारण, जडान, प्रयोग तथा विसर्जनसम्बन्धी क्रियाकलाप वा अभ्यासको नियमनको लागि आवश्यक देखिएको विकीरण सुरक्षा र संरक्षण सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने।
  • स्वास्थ्य र सुरक्षा, वातावरण संरक्षण र जोखिमपूर्ण वस्तुको ढुवानी जस्ता क्षेत्रमा काम गर्ने निकायसँग सहयोग र समन्वय गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थको खोज, अन्वेषण तथा पुनर्लाभ व्यवस्थापन गर्ने।
  • पारमाणविक पदार्थ वा रेडियोधर्मी पदार्थसम्बन्धी बेवारिसे श्रोतहरूको खोज तथा उचित व्यवस्थापन गर्ने।
  • माथि उल्लेखित कार्यहरू सम्पादनका लागि आवश्यकता अनुसार प्रचलित कानुन बमोजिम विशेषज्ञ वा परामर्श सेवा लिने।
  • विकीरण संरक्षणसम्बन्धी नियमन तथा नियन्त्रण गर्ने।
  • माथि उल्लेखित विषयमा जनशक्ति विकास सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने।
  • पारमाणविक पदार्थसम्बन्धी प्रचलित कानुन बमोजिमको नियामक निकायको सचिवालयको रूपमा कार्य गर्ने।
  • विभिन्न निकायहरूमा पेश गर्नु पर्ने प्रतिवेदनहरू तयार गर्ने।
  • माथि उल्लेखित विषयसँग सम्बन्धित अन्य कार्य गर्ने।
  • रासायनिक पदार्थको बृहत्तर उपयोगबाट आर्थिक उन्नतिको लागि कार्यक्रम सञ्चालन गर्ने।
  • रासायनिक पदार्थको उपयोगबाट पर्ने नकारात्मक असरहरूको अध्यायन अनुसन्धान गर्ने।
  • रासायनिक हतियारहरूको रोकथाम सम्बन्धी अध्ययन अनुसन्धान, परिक्षण तथा नियमन सम्बन्धी कार्य गर्ने।
  • रासायनिक पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धि तथा कानुनहरूको कार्यान्वयन गर्ने, गराउने।
  • रासायनिक पदार्थको सुरक्षित एवम् दिगो उपयोग तथा प्रवर्द्धन गर्न आवश्यक मापदण्ड निर्धारण गर्ने।
  • रासायनिक तथा हानिकारक पदार्थहरूको वातावरणमैत्री विसर्जनको पूर्वाधार तयार एवम् प्रविधिको विकास सम्बन्धी कार्य गर्ने।
  • रासायनिक पदार्थको उपयोग तथा नियन्त्रणसम्बन्धी क्षमता अभिवृद्धि तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने।
  • रासायनिक पदार्थवाट जल, जमिन तथा वायुमण्डलमा परेको प्रभावका सम्वन्धमा खोज, अनुसन्धान तथा नियन्त्रण सम्बन्धी काम गर्ने।
  • रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात तथा प्रयोगको अवस्थाको अभिलेख तयार गरी दुरूस्त राख्ने
  • Organization for Prohibition of Chemical Weapons सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि कार्यान्वयनका लागि सम्पर्क विन्दुको काम गर्ने।
  • विभिन्न रसायान उद्योग, प्रयोगशाला तथा अस्पतालबाट निष्काशन हुने हानिकारक रसायनयुक्त फोहोरको नियन्त्रण तथा नियमन गर्ने।
  • रसायन विज्ञानको विकास तथा प्रवर्धनका लागि विश्वविद्यालय तथा सोसम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिक निकायसँग सहकार्य गर्ने।
  • सरकारी तथा गैरसरकारी प्रयोगशालाहरूको सञ्चालनसम्बन्धी मापदण्ड तथा निर्देशिका तयार गर्ने।
  • सन्दर्भ प्रयोगशाला (Reference Library) हरूको स्थापना तथा सञ्चालनका लागि उपयुक्त व्यवस्था गर्ने।
  • प्रयोगशालामा जोखिमको अवस्था यकिन गरी सो सम्बन्धमा आवश्यक जोखिम न्यूनीकरणका उपायहरूको निर्धारण गर्ने, गराउने।
  • प्रयोगशाला जोखिमभत्ता व्यवस्थापन निर्देशिका, २०७२ वमोजिम गर्नुपर्ने कार्यक्रमहरू सञ्चालन गर्ने।
  • प्रयोगशालाहरूको गुणस्तर निर्धारण (ISO Accreditation) सम्बन्धी कार्य सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने।
  • सङ्‌घ प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने विभिन्न किसिमका प्रयोगशालाहरूको गुणस्तर कायम गर्न समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने।
  • विभिन्न किसिमका प्रयोगशालाहरूको नियमन तथा अनुगमन गर्ने।
  • सबै स्थानीय तहमा कम्तिमा एक वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनामा सहयोग गरी विज्ञान शिक्षालाई व्यावहारिक र रूचीकर तुल्याउने।