योजना तथा अनुगमन महाशाखाको कार्य विवरण
- मन्त्रीपरिषद्को बैठक, संसद र माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने योजना तथा अनुगमनसम्बन्धी विषयमा रायसहित पेश गर्ने कार्य;
- स्वीकृत परियोजना अन्तर्गतका विदेशी सल्लाहकार, स्वयंसेवक तथा विशेषज्ञहरूको अफिसियल र गैरपर्यटकीय भिसा सिफारिससम्बन्धी कार्य;
- नेपाल सरकारको तर्फबाट हस्ताक्षर भएका परियोजना कार्यान्वयनका लागि सहजीकरणसम्बन्धी कार्य;
- शिक्षा र खेलकुदसम्बन्धी लघु तथा दीर्घकालीन योजना र वैदेशिक सहयोगमा सञ्चालन हुने योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, समीक्षा र सम्बन्धित निकायहरूसँग समन्वयसम्बन्धी कार्य;
- मन्त्रालय र सम्बद्ध निकायका कार्यक्रमहरूको योजना र कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गराउने कार्य;
- वैदेशिक सहायतामार्फत सञ्चालन हुने आयोजना तथा कार्यक्रमको विवरण अद्यावधिक राख्ने र त्यस्ता आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयसम्बन्धी कार्य;
- शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि सहयोग प्रदान गर्ने विकास साझेदारहरूसँगको सहकार्यमा आवश्यकता पहिचान, योजना तर्जुमा, कार्यान्वयन र समन्वयका कार्य;
- विभिन्न निकायद्वारा आयोजना गरिने योजना तथा अनुगमनसम्बद्ध कार्यक्रमहरूमा सहभागिता जनाउनेसम्बन्धी कार्य;
- महाशाखाको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्य निकाय/महाशाखाबाट राय प्रतिक्रिया माग भएमा प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया प्रदान गर्ने कार्य;
- राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्गदर्शन तथा बजेट सिलिङको आधारमा विभिन्न निकायहरूको निमित्त वार्षिक बजेट सिलिङ स्वीकृत गरी/गराई कार्यक्रम तथा बजेट निर्माणका विषयमा समन्वयसम्बन्धी कार्य;
- शिक्षा र खेलकुद क्षेत्रका आवधिक योजना मध्यमकालीन खर्च संरचना स्वीकृत गराई राष्ट्रिय योजना आयोगमा पेश गर्ने कार्य;
- शिक्षा तथा खेलकुदसम्बद्ध निकायबाट तयार भएका वार्षिक कार्यक्रम चेक जाँच गरी स्वीकृत गराएर राष्ट्रिय योजना आयोगमा पेश गर्ने कार्य;
- अर्थ मन्त्रालयसँग छलफल गरी मन्त्रालयको बजेटलाई अन्तिम रूप दिने कार्य;
- विभिन्न अन्तराष्ट्रिय संस्थाहरूसँग शिक्षा तथा खेलकुदसम्बन्धी विषयहरूमा सम्पर्क बिन्दुको कार्य;
- नेपाल सरकारबाट अनुदान पाइरहेका शिक्षा र खेलकुद क्षेत्रमा कार्यरत संस्थाहरू र सरकारबिच नीतिगत समन्वय गर्ने कार्य;
- महाशाखासम्बन्धी कार्यमा कुनै निकाय वा पदाधिकारीसँग राय लिनु परेमा राय माग गर्ने कार्य;
- महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्ने कार्य;
- राष्ट्रिय विकास समाधान समिति, मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सञ्चालनसम्बन्धी कार्य;
- राष्ट्रिय आवश्यकता र दीर्घकालीन लक्ष्य अनुरूप शिक्षा तथा खेलकुद क्षेत्रको राष्ट्रिय मानव संसाधन विकास नीति,कानुन तर्जुमा,आवश्यकताको प्रक्षेपण, मध्यकालीन एवम् दीर्घकालीन मानव संसाधन योजना तर्जुमा परिमार्जन र कार्यान्वयन गर्ने कार्य;
- सरकारी, सार्वजनिक र सामुदायिक पुस्तकालयहरूको व्यवस्थापनमा समन्वय तथा सहजीकरण गर्ने साथै देशभरका सम्पूर्ण पुस्तकालयहरूको मूल्याङ्कन गरी पुस्तकालय सेवाको स्तर वृद्धि गर्न तथा अभिप्रेरणा जगाउन सक्रिय व्यक्ति र संस्थालाई प्रोत्साहनका कार्यक्रम मार्फत दिगो व्यवस्थापनका कार्य;
- ई-पुस्तकालयको स्थापना, सञ्चालन एवम् व्यवस्थापनका लागि आवश्यक नीति नियमको तर्जुमासम्बन्धी कार्य;
- वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने र प्रकाशन गर्ने कार्य;
- महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई स्वीकृत गर्ने र कार्यान्वयन गर्ने गराउनेसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।
योजना तथा बजेट शाखाको कार्य विवरण
- शिक्षा र खेलकुद क्षेत्रको बजेट तथा कार्यक्रम तय गर्ने कार्य;
- शिक्षा र खेलकुदसम्बन्धी लघु तथा दीर्घकालीन योजना निर्माण गर्ने कार्य;
- मन्त्रालय सम्बद्ध निकायहरू र मन्त्रालयका महाशाखा तथा शाखाहरूको समन्वयमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने कार्य;
- मन्त्रालय र अन्तर्गतका निकायहरूद्वारा कार्यान्वयन हुने शिक्षा र खेलकुदसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजनाहरूको विश्लेषण गर्ने कार्य;
- मन्त्रालय अन्तर्गतका निकायबाट प्राप्त योजना तथा कार्यक्रमलाई अन्तिम रूप दिँदै राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने कार्य;
- योजना तथा बजेटसम्बन्धी विषयमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसँग गर्नुपर्ने समन्वयका कार्य;
- आवधिक योजना र वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित सूचक तय गर्ने कार्य;
- अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्पर्क गरी आयोजनाहरू स्वीकृत गर्ने गराउने कार्य;
- राष्ट्रिय योजना आयोगबाट स्वीकृत आयोजनाहरूमा विनियोजित बजेटको आधारमा वार्षिक कार्यक्रम स्वीकृत गर्ने गराउने र सम्बन्धित निकायका/महाशाखाहरूलाई जानकारी गराउने कार्य;
- वार्षिक स्वीकृत कार्यक्रममा संशोधन सम्बन्धमा सम्बन्धित निकायको राय लिई संशोधनसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।
विकास सहायता समन्वय शाखाको कार्य विवरण
- मन्त्रालय र मातहतका निकायहरूमा वैदेशिक सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमहरूबीच समन्वय कायम गर्ने कार्य;
- मन्त्रालयसँग सम्बन्धित विदेशी मुलुक, नियोग तथा सङ्घ संस्थाबाट प्राप्त हुने सहयोगको विषयमा सम्झौतासम्बन्धी कार्य;
- मन्त्रालयमा प्राप्त हुने वैदेशिक सहयोगसम्बन्धी कार्यमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग समन्वय कायम गर्ने कार्य;
- वैदेशिक सहयोगबाट सञ्चालन हुने कार्यक्रम तथा योजनाको विकास तथा विस्तारका लागि कार्यनीति तयार गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग समन्वय कायम गर्ने कार्य;
- वैदेशिक सहयोगबाट सञ्चालित आयोजना तथा कार्यक्रमको नियमित, आवधिक तथा अन्तिम मूल्याङ्कन गरी सुधारका लागि सुझाव दिने कार्य;
- नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि सहयोग प्रदान गर्ने विभिन्न विकास साझेदारबिच समन्वय कायम गर्ने कार्य;
- आन्तरिक तथा वैदेशिक स्रोत बिचमा समन्वय कायम गरी स्रोत परिचालन गर्ने, गराउने सम्बन्धी कार्य;
- आयोजनासँग सम्बन्धित दातृ संस्थाहरूबाट आउने Mission हरूको समन्वय र सञ्चालन गर्ने कार्य;
- मन्त्रालय तथा मातहतका निकायहरूबाट वैदेशिक सहयोगमा नयाँ आयोजनाहरू सञ्चालन गर्नका लागि प्राप्त हुने मागका आधारमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसँग समन्वय गर्ने कार्य;
- शिक्षा तथा खेलकुदको क्षेत्रमा कार्य गर्ने विभिन्न विदेशी सङ्घसंस्थासँग पारस्परिक सम्बन्ध र समन्वय कायम गर्ने कार्य;
- आयोजनाहरूसँग सम्बन्धित Line agency हरूसँग आवश्यक समन्वय गर्ने सम्बन्धी कार्य;
- विदेशी मुलुक, नियोग तथा सङ्घसंस्थासँग मन्त्रालयको तर्फबाट हुने सम्पर्क तथा पत्राचारका लागि सम्पर्क बिन्दुको कार्य;
- शिक्षा तथा खेलकुद क्षेत्रको विकास तथा विस्तारका लागि वैदेशिक सहयोगको आवश्यकता पहिचानसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।
अनुगमन तथा मूल्याङ्कन शाखाको कार्य विवरण
- स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा आधारित रहेर अनुगमन कार्ययोजना तर्जुमा गर्ने कार्य;
- सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनको मूल्यानङ्कनका लागि अनुगमन तथा मूल्याङ्कनका सूचकहरू, मापदण्ड र आधारहरू तयार गरी लागु गर्ने तथा मन्त्रालय मातहतका निकायहरू मार्फत सो कार्यान्वयन गराउने कार्य;
- मन्त्रालयको स्वीकृत योजना तथा कार्यक्रमहरूको कार्यान्वयन पक्षको नियमित रूपमा अनुगमन तथा मूल्याङ्कन गरी, गराई आवश्यक सुधारका लागि पृष्ठपोषण प्रदान गर्ने, गराउने, अनुगमन प्रतिवेदनको कार्यान्वयन गर्ने सम्बन्धी कार्य;
- मन्त्रालय र मातहतका निकायहरूबाट कार्यान्वयनमा ल्याइएका आयोजना, परियोजना तथा कार्यक्रमहरूको त्रैमासिक प्रगति समीक्षाका लागि प्रगति विवरण तयार गर्ने, गर्न लगाउने कार्य;
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलगायत अन्य सरोकारवाला निकायबाट निर्देशन भई आएका कार्ययोजनाहरूको प्रगति प्रतिवेदन मासिक, त्रैमासिक र वार्षिक रूपमा तयार गरी, गर्न लगाई सम्बन्धित निकायमा पठाउने कार्य;
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकको आयोजना गर्ने र आयोजनाहरूको प्रगति विवरण पेश गर्ने कार्य;
- राष्ट्रिय विकास समस्या समाधान समिति र राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट कारबाही गर्नुपर्ने यस मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्य;
- मन्त्रालय र मातहतका निकायहरूबाट प्रत्येक वर्ष भए गरेका कार्यहरूको प्रगति विवरण पुस्तिका तयार गरी आर्थिक वर्ष समाप्तिपछि प्रकाशन गर्ने कार्य;
- मन्त्रालय र मातहतका निकायहरूबाट सञ्चालित विभिन्न विकास कार्यक्रमहरूको आवधिक समीक्षा गरी कार्यक्रमहरूको प्रभाव मूल्याङ्कन सम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिमका अन्य कार्य ।
मानव संसाधन विकास, नीति तथा अनुसन्धान शाखाको कार्य विवरण
- राष्ट्रिय आवश्यकता र दीर्घकालीन लक्ष्य अनुरूप शिक्षा तथा खेलकुद क्षेत्रको राष्ट्रिय जनशक्ति विकास नीति, कानुन तर्जुमा, आवश्यकताको प्रक्षेपण, मध्यकालीन एवम् दीर्घकालीन मानव संसाधन योजना तर्जुमा परिमार्जन र कार्यान्वयसम्बन्धी कार्य;
- शिक्षा तथा खेलकुद क्षेत्रका विभिन्न विधा र तहका जनशक्ति प्रक्षेपण तथा परिचालनका लागि आवश्यक पर्ने राष्ट्रिय जनशक्ति मापदण्ड तयार, परिमार्जन र कार्यान्वयनसम्बन्धी कार्य;
- मुलुकको आवधिक योजना तर्जुमाको क्रममा शिक्षा तथा खेलकुद क्षेत्रको आवधिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र सो सम्बन्धी क्षेत्रगत योजना तथा रणनीतिहरूको तर्जुमा एवम् समीक्षासम्बन्धी कार्य;
- राज्यको मानव पुँजी निर्माणका लागि आवश्यक पर्ने मन्त्रालय र मातहतका निकायहरूको जनशक्ति क्षमता विकास सम्बन्धी नीति निर्माण, कार्यान्वयन र समन्वयसम्बन्धी कार्य;
- शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित प्रचलित अल्पकालीन तथा दीर्घकालीन नीतिहरूको नियमित पुनरावलोकन र विश्लेषण गरी समयसापेक्ष सुधारका उपायहरू सिफारिससम्बन्धी कार्य;
- अन्य मन्त्रालय, संवैधानिक निकाय वा सम्बद्ध क्षेत्रबाट तर्जुमा हुने नीति, ऐन र नियमहरूमा राय माग भएमा शिक्षा तथा खेलकुद क्षेत्रको विकास र हितका अनुकूल हुने गरी नीतिगत राय तथा सुझाव उपलब्ध गराउने सम्बन्धी कार्य
- विभिन्न क्षेत्रमा गरिएका वैज्ञानिक एवं प्राज्ञिक अनुसन्धानका निष्कर्ष तथा सिफारिसहरूलाई मन्त्रालयको रणनीतिक निर्णय, योजना र राष्ट्रिय नीति निर्माण प्रक्रियामा समावेश गर्ने गराउनेसम्बन्धी कार्य;
- समसामयिक र राष्ट्रिय महत्त्वका शैक्षिक तथा खेलकुदका विषयहरुमा निरन्तर नीति संवाद सञ्चालन गर्ने र सरोकारवालाहरूको बैठक, बहस, पैरवी तथा छलफल कार्यक्रमहरूको संयोजनसम्बन्धी कार्य;
- तथ्यमा आधारित नीति निर्माण र योजना तर्जुमाका लागि मन्त्रालय र अन्तर्गतका निकायहरूको शैक्षिक तथा जनशक्तिसम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क प्रणालीको विकास, स्तरोन्नति र व्यवस्थापनसम्बन्धी कार्य;
- स्थानीय, प्रदेश र सङ्घीय निकायहरूबाट शिक्षा तथा खेलकुद क्षेत्रको विधागत तथ्याङ्क सङ्कलन, वैज्ञानिक विश्लेषण, वार्षिक प्रकाशन/स्वत: प्रकाशन, सुरक्षित अभिलेख व्यवस्थापन र नीतिगत प्रयोग सुनिश्चित गर्ने सम्बन्धी कार्य;
- विकासका प्राथमिकता र समसामयिक चुनौतीहरूका आधारमा राष्ट्रिय महत्त्वका अनुसन्धानका विषयहरू खोजी गर्ने, प्राथमिकता निर्धारण गर्ने र सोका आधारमा अध्ययन अनुसन्धान गर्ने गराउने सम्बन्धी कार्य;
- मन्त्रालय र मातहतका निकाय तथा अन्य सम्बद्ध निकायहरुले गरेको अनुसन्धानहरूको एकीकृत अभिलेख तयार गर्ने र ती प्रतिवेदनहरूको नीतिगत तहमा उपयोग गर्ने व्यवस्था मिलाउने सम्बन्धी कार्य;
- शिक्षा, जनशक्ति विकास र अनुसन्धानका क्षेत्रमा सङ्घीयताको मर्म अनुरूप तहगत (संघ, प्रदेश र स्थानीय) र निकायगत (अन्तर-मन्त्रालय तथा प्रतिष्ठानहरू) समन्वय एवम् रणनीतिक साझेदारी कायम गर्ने कार्य;
- शैक्षिक नवप्रवर्तन, प्रविधि हस्तान्तरण र मानव संसाधन विकासका क्षेत्रमा अन्तराष्ट्रिय साझेदारी विकास, सुदृढीकरण र विश्वव्यापी उत्कृष्ट अभ्यास एवं सिकाइ आदानप्रदान गर्ने कार्य;
- शाखाको स्वीकृत वार्षिक कार्यक्रमको कार्यान्वयन कार्ययोजना तयार तथा कार्यान्वयन गर्ने कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
पुस्तकालय समन्वय तथा अभिलेख शाखाको कार्य विवरण
- पुस्तकालय विकाससम्बन्धी नीति, नियम, मापदण्ड, योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयनसम्बन्धी कार्य;
- विभिन्न पुस्तकालयहरूसँग समन्वय गरी पुस्तकालयहरुको निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गरी आवश्यकता अनुसार पृष्ठपोषण तथा निर्देशनसम्बन्धी कार्य;
- पुस्तकालयहरूको सम्पूर्ण कार्यहरू र विकास सम्बन्धमा सरकार र पुस्तकालयबिचको सम्पर्क तथा समन्वयसम्बन्धी कार्य;
- निजी क्षेत्रमा स्थापना भएका पुस्तकालय विकासका लागि नीति, नियम, मापदण्ड निर्धारण तथा नियमनसम्बन्धी कार्य;
- सरकारी, सार्वजनिक र सामुदायिक पुस्तकालयहरूको व्यवस्थापनमा समन्वय तथा सहजीकरणसम्बन्धी कार्य;
- देशभरका सम्पूर्ण पुस्तकालयहरू र सार्वजनिक पुस्तकालयहरूको आवधिक मूल्याङ्कन गरी पुस्तकालय सेवाको स्तर वृद्धि गर्न तथा अभिप्रेरणा जगाउन प्रत्येक वर्ष व्यक्ति र संस्थालाई पुरस्कृत गर्न सिफारिससम्बन्धी कार्य;
- पुस्तकालयको दक्षता, क्षमता र सेवा क्षेत्रको आधारमा पुस्तकालयहरूलाई दिइने आर्थिक सहयोग एवम् अन्य सहयोग सम्बन्धमा यकीन गरी पेश गर्ने कार्य;
- ई-पुस्तकालयको निर्माणका लागि आवश्यक नीति नियमको तर्जुमा सम्बन्धी कार्य;
- राष्ट्रिय पुस्तक महोत्सव, पुस्तक मेला आदिका लागि सहजीकरण सम्बन्धी कार्य;
- शब्दकोष, वर्णविन्यास आदिको एकरूपताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, विश्व विद्यालयका लागि सम्पर्क बिन्दुको रूपमा गर्ने कार्य;
- छानबिन, जाँचवुझ गर्नको लागि आवश्यक तथ्याङ्क, सामग्री उपलब्ध गराउने सम्बन्धी कार्य;
- विभिन्न आयोग, जाँचबुझ अध्ययन कार्यदलबाट दिइएका अभिलेख व्यवस्थापनसम्बन्धी कार्य;
- अध्ययनबाट आएका सामग्रीको संरक्षण गर्ने, अभिलेखीकरण गर्ने, आवश्यकता अनुसार सार्वजनिक गर्ने, सूचना सम्प्रेषण, अध्ययन प्रवितेदन अनुरूप कार्यान्वयनमा लैजानुपर्ने विषयहरूको लागि सम्बन्धित निकायलाई निर्देशन तथा समन्वयसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।