विज्ञान प्रविधि महाशाखा

  • विज्ञान प्रविधिका विविध विधाहरूमा नीति निर्माण र मौजुदा निति आवश्यकता अनुसार परिमार्जन गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा अध्ययन अनुसन्धान गर्न प्राथमिकता निर्धारण गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा भएका नविनतम खोज, अनुसन्धान नतिजा र प्रविधिवारे सुसूचित गराउने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा गोष्ठी, सेमिनार, तालिम, सम्मेलन आयोजना गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सहभागीता जनाउने।
  • देशमा उपलव्ध स्रोत साधन तथा जनशक्तिको अधिकतम उपयोगमा विज्ञान प्रविधिलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूका राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्‌घ सङ्‌गठनहरू बिच साझेदारी प्रवर्द्धन गर्ने।
  • विज्ञान प्रविधिको योजनावद्ध विकासलाई देशको सर्वाङ्‌गी विकास प्रक्रियासँग आबद्ध गरी कार्यक्रमहरू सञ्चालन गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तराष्ट्रिय निकायहरूसँग आपसी सहयोग र समन्वय अभिवृद्धि गरी क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय जगतमा उपलब्ध विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सिपको अधिकतम उपयोगको वातावरण तयार गर्ने।
  • विज्ञान प्रविधि क्षेत्रको विकास एवम् उपयोगका लागि सहजकर्ता, प्रवर्द्धक तथा समन्वयकर्ता समेतको भूमिका निर्वाह गरी कार्यक्रमहरू सञ्चालन गर्ने।
  • विज्ञान प्रविधिसम्बन्धी विश्वविद्यालयस्तरीय अध्ययन अध्यापनलाई अनुसन्धानसँग आबद्ध गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने।
  • देशका विभिन्न स्थानमा विज्ञान प्रविधि अध्ययन केन्द्रको विकास तथा व्यवस्थापनमा सघाउ पुर्याउने।
  • वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने।
  • विज्ञान प्रविधि विषयक तथ्याङ्‌क सङ्‌कलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड तयार गर्ने।
  • विज्ञान प्रविधिको उच्चतम विकासमा दिगो विकास, प्राकृतिक श्रोतको व्यवस्थापन र वातावरण संरक्षणको अवधारणालाई आत्मसात गरी योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने।
  • विज्ञान प्रविधिको प्रयोगबाट गुणस्तरीय निकासी योग्य वस्तुको उत्पादनलाई बढावा दिई आयात प्रतिस्थापन गर्न सहयोग गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा उत्पादित दक्ष जनशक्तिलाई राष्ट्र हितमा परिचालन गर्ने।
  • वैज्ञानिक तथा प्राविधिज्ञहरूको उच्च मनोबल कायम राखी विदेशमा रहेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली वैज्ञानिकहरूलाई आकर्षित गर्न र प्रतिभा पलायन न्यूनीकरण गर्न उपयुक्त वातावरण सिर्जना गर्न पहल गर्ने।
  • अन्तरिक्ष प्रविधि केन्द्र एवम् अति शुक्ष्म प्रविधि केन्द्रहरूको स्थापनाको लागि गृहकार्यको थालनी गर्ने।
  • निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र अन्तर्राष्ट्रिय विकास संस्थाहरूसँग निकटतम सम्बन्ध स्थापित गर्दै विज्ञान प्रविधि प्रवर्द्धन सम्बन्धमा नीति बनाउने।
  • प्रविधिको क्षेत्रमा नवप्रवर्तन र अनुसन्धान तथा विकासमा सघाउ पुर्याउने।
  • प्रविधिसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूमा गुणस्तरीय मापदण्ड कायम गर्नको लागि आवश्यक कार्य गर्ने।
  • विज्ञान प्रविधिको क्षेत्रको विकास गर्न प्रत्यक्ष विदेशी लगानी तथा प्रविधि हस्तान्तरणको लागि पहल गर्ने।
  • नेपालमा अन्तरिक्ष प्रविधि (Space Technology) को अधिकतम प्रयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने।
  • बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार (Intellectual Property Right), जैविक सुरक्षा (Bio safe), जैविक निगरानी (Bio Survillance) तथा जैविक नैतिकता (Bio-Ethics) जस्ता विषयहरूमा अधिकार सुनिश्चित गर्ने।
  • तन्तु प्रविधि (Tissues Culture), वन, कृषि र खाद्यान्न, जडिबूटी, च्याउ उत्पादन तथा प्रशोधन प्रणाली र पशु तथा मानव स्वास्थ्य प्रणाली समेतमा जैविक प्रविधिलाई प्रयोगमा ल्याउन निरन्तर रूपमा अनुसन्धान गर्न प्रोत्साहन गर्ने।
  • विज्ञान प्रविधिका विविध क्षेत्रमा अनुसन्धान, विकास तथा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने।
  • विभिन्न प्रविधिहरूको अनुसन्धान, विकास र व्यावसायीकरणका लागि पहल गर्ने।
  • छिमेकी तथा अन्य विकासोन्मुख देशहरूसँग प्रविधिको आदान प्रदान गर्ने र नेपालका विकास साझेदारहरूसँगको सुसम्बन्धलाई प्रविधिको विकास र विस्तारको निम्ति अधिकतम प्रयोग गर्ने ।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, प्लानेटेरियम, बेधशाला र विज्ञान सङ्‌ग्रहालयसम्बन्धी समन्वयात्मक कार्यहरू गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • विज्ञानका विविध विधाहरूमा अध्ययन अनुसन्धान गर्न प्राथमिकता निर्धारण गर्ने।
  • विज्ञानका विविध विधाहरूमा आयोजना हुने अन्तराष्ट्रिय सभा सम्मेलनमा सहभागिता जनाउने।
  • विज्ञानका विविध विधाहरूमा गोष्ठी, सेमिनार, तालिम, सम्मेलन आयोजना गर्ने।
  • राष्ट्रको उत्पादन तथा उत्पादकत्व बढाउन अनुसन्धानलाई सशक्त साधनका रूपमा उपयोग गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा पारस्परिक सहयोग प्रवर्द्धन गर्न द्विपक्षीय, वहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने।
  • वैज्ञानिक अनुसन्धानमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न उपयुक्त कार्यक्रमहरू तर्जुमा तथा कार्यन्वयन गर्ने।
  • वैज्ञानिक अनुसन्धानको क्षेत्रमा उत्पादित दक्ष जनशक्तिलाई राष्ट्र हितमा परिचालन गर्न उपयुक्त कार्यक्रमहरू तर्जुमा तथा कार्यन्वयन गर्ने।
  • अनुसन्धानबाट प्राप्त नतिजालाई गरिबी निवारण कार्यक्रमसँग आबद्ध गर्ने।
  • वैज्ञानिक अनुसन्धानलाई आत्मसात गरी योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने।
  • राष्ट्रिय आवश्यकता, बजारको माग तथा क्षेत्रीय विशेषताका आधारमा जैविक प्रविधिजन्य उद्योगहरूको स्थापनामा सहयोग पुर्याउने।
  • ग्रामीण जनताको आवश्यकताहरूको पहिचान गरी जैविक प्रविधिजन्य क्रियाकलापसँग तिनलाई आबद्ध गराउने।
  • जैविक प्रविधिको उपलव्धिहरूको अभिलेखाङ्‌कन, व्यवस्थापन, दिगोपन सुनिश्चित गर्न यस्ता प्रविधिले प्रदान गर्नसक्ने फाइदाहरूको मापन गर्न सूचाङ्‌कहरूको विकास गर्ने।
  • आनुवांशिक रूपमा परिवर्तन गरिएका तथा नगरिएका उत्पादनहरू (Products) को गुणस्तर मूल्याङ्‌कन गरी नतिजा सार्वजनिकरण गर्ने।
  • सवै प्रदेशहरूमा विज्ञान अध्ययन तथा अनुसन्धान केन्द्रहरूको स्थापनामा सहयोग पुर्याउने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा भएका नविनतम आविष्कारहरूको अभिलेखीकरण गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा भएका आविष्कारहरूको उपयोग गर्न आवश्यक नीति तर्जुमा तथा कार्यक्रमहरू सञ्चालन गर्ने।
  • विज्ञानका विविध विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका नविनतम खोज, अनुसन्धान नतिजा र प्रविधिवारे सुसूचित गराउने।
  • विद्यालयस्तर देखि नै नवप्रवर्तनको सोच र क्रियाशिलता विकास गर्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने।
  • विश्वविद्यालयस्तरको अनुसन्धानमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने।
  • नवप्रवर्तनमा दख्खल भएका व्यक्ति, समुहलाई प्रोत्साहन गर्दै तिनको वौद्धिक सम्पत्ति सुरक्षित गर्ने वातावरणको श्रृजना गर्ने।
  • विज्ञान प्रविधिको विकासका लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित लगायतका विषयमा विद्यालय र विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • स्थानीय श्रोत साधनको प्रयोग, प्रविधि हस्तान्तरण तथा सुधारिएको प्रविधिको विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गर्ने।
  • उपयुक्त प्रविधिसम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सफलता (Success Stories) हरू संकलन गरी तिनको अभिलेख राख्ने।
  • नेपालमा विभिन्न प्रदेश तथा स्थानीय तहमा सम्भावित यस्ता उपयुक्त प्रविधिको खोज गर्ने, गराउने।
  • विश्वविद्यालयहरूका प्राविधिक सङ्‌काय र विभागहरूमा उपयुक्त प्रविधि विकाससम्बन्धी एकाइ स्थापना गर्न प्रोत्साहन गर्ने र सोका लागि आवश्यक सहयोग गर्ने।
  • उपयुक्त प्रविधि विकास सम्बन्धी एकाइहरू स्थापनामा निजी क्षेत्रको सहकार्य सुनिश्चित गर्नका लागि क्रियाशील रहने।
  • उपयुक्त प्रविधिको विकास सम्बन्धमा अन्तर्राष्ट्रिय सहयोगका सम्भावनाहरू खोजी प्रस्ताव अघि सार्ने।
  • मुलुकमा मौजुदा प्राविधिक तालिम केन्द्रहरूलाई उपयुक्त प्रविधिको विकासमा अभिप्रेरित गर्ने।
  • उपयुक्त प्रविधिहरूका क्षेत्रको विकासका निमित्त आवश्यक पर्ने कानुनी, नियामक तथा कार्य सञ्चालनसम्बन्धी कार्यविधिहरू तयार गर्ने।
  • उपयुक्त प्रविधि आविष्कारमा संलग्न नव प्रतिभा सम्बन्धी अभिलेखाङ्‌कन र प्रतिभा प्रवर्द्धनसम्बन्धी कार्य गर्ने।
  • उपयुक्त प्रविधिसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूमा गुणस्तरीय मापदण्ड कायम गर्नको लागि आवश्यक कार्य गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधि क्षेत्रमा भएका नविनतम खोज, अनुसन्धान एवम् तिनका नतिजा बारे सुसूचित गराउने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधि क्षेत्रमा गोष्ठी, सेमिनार, तालिम, सम्मेलन आयोजना गर्ने तथा सो क्षेत्रमा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधिको विकासद्वारा आर्थिक सम्बृद्धि तथा गरिबी निवारण कार्यक्रमलाई सहयोग पुर्याउने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधि क्षेत्रमा द्विपक्षीय, वहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायहरूसँग आपसी सहयोग र समन्वय अभिवृद्धि गरी यस सम्बन्धी ज्ञान र सिपको अधिकतम उपयोगको वातावरण तयार गर्ने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधि क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने।
  • अन्तरिक्ष एवम् उदीयमान प्रविधि क्षेत्रमा विश्वविद्यालयस्तरीय अध्ययन अध्यापनलाई अनुसन्धानसँग आबद्ध गर्न सहयोग गर्ने।
  • लघु भूउपग्रह कार्यक्रमका लागि आधारभूत अन्तरिक्ष प्रविधिसम्बन्धी क्षमता अभिवृधि कार्यक्रम सञ्चालन गर्ने।
  • भूउपग्रह तथा उदीयमान प्रविधिलाई विद्यालय स्तरीय पाठ्यक्रममा समावेश गर्न समन्वय गर्ने।
  • अन्तरिक्ष प्रविधि राष्ट्रिय सल्लाहकार समितिको सचिवालयको रूपमा कार्य गर्ने।
  • दिगो आर्थिक वृद्धि प्रवर्द्धनका लागि कृषि, वातावरण, सहरी अनुगमन, तथा शिक्षा क्षेत्रमा अन्तरिक्ष तथा उदीयमान प्रविधिसम्बन्धी प्राविधिक सहायता उपलब्ध गराउने।
  • अन्तरिक्ष प्रविधिको सम्बन्धमा नेपाल सरकारलाई राय परामर्श उपलब्ध गराउने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।