खेलकुद तथा विद्यालय शिक्षा महाशाखाको कार्य विवरण
- मन्त्रिपरिषद्को बैठक, संसद तथा माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने खेलकुद तथा विद्यालय शिक्षा महाशाखासँग सम्बन्धित विषयमा राय सहित पेश गर्ने कार्य;
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल सङ्घसंस्थासँग सम्पर्क, समन्वय, सहजीकरण, नियमन तथा अनुगमनसम्बन्धी कार्य;
- स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परम्परागत, साहसिक तथा पर्यटन खेलकुद विकास र प्रवर्द्धनसम्बन्धी कार्य;
- खेलकुदसम्बन्धी प्राज्ञिक पाठ्यक्रम विकास तथा कार्यान्वयन तथा विभिन्न तहका खेलकुद प्रतियोगिता आयोजना तथा सहभागिता लगायतमा समन्वयसम्बन्धी कार्य;
- पारा खेलकुद तथा खेल पर्यटन विकासका लागि स्वदेशी तथा विदेशी सरोकारवालासँग समन्वयसम्बन्धी कार्य;
- खेलकुद सङ्घसंस्थालाई अनुदानसम्बन्धी कार्यविधि तर्जुमा, सङ्घ दर्ता तथा नियमनसम्बन्धी विधि र प्रक्रिया निर्धारणसम्बन्धी कार्य;
- विदेशी खेलाडी तथा प्रशिक्षक सम्बन्धी कार्यविधि तयारी तथा विदेशी खेलाडी/प्रशिक्षकको भिसा सिफारिससम्बन्धी कार्य;
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल पूर्वाधार पहिचान, DPR तयारी र निर्माण व्यवस्थापन र खेल पूर्वाधार निर्माण (संघ, प्रदेश र स्थानीय) तथा खेल पूर्वाधारको संरक्षण, मर्मत, उपयोग तथा मापदण्ड निर्धारण सम्बन्धी कार्य;
- राष्ट्रिय खेलकुद रणनीतिक योजना तर्जुमा, खेल पूर्वाधार अभिलेख व्यवस्थापन, खेलाडी कल्याण, प्रोत्साहन तथा सम्मानसम्बन्धी कार्य;
- स्पोर्ट्स मेडिसिन तथा डोपिङ नियन्त्रण सम्बन्धी जनचेतना, अनुसन्धान र अनुगमन तथा नियमनसम्बन्धी कार्य;
- राष्ट्रिय खेलकुद परिषद् (NSC) को सम्पर्क महाशाखाको रूपमा कार्य गर्ने तथा खेल संघसंस्था अनुगमन तथा नियमन कार्यमा समन्वयसम्बन्धी कार्य;
- राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समिति सदस्यको रूपमा जिम्मेवारीको कार्य;
- स्काउटसम्बन्धी नीति, कानुन,मापदण्ड र नियमनसम्बन्धी कार्य;
- विद्यालय शिक्षासम्बन्धी ऐन तथा नियमावली निर्माण, परिमार्जन तथा परिवर्तनका लागि कानुन तथा फैसला कार्यान्वयन शाखाको राय समेत लिई प्रस्ताव मस्यौदा तयार गर्ने कार्य;
- विद्यालय शिक्षा, प्रारम्भिक बालविकास शिक्षा,वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, विद्यालय पोषण तथा खाद्य सुरक्षा, धार्मिक प्रकृतिका विद्यालय (मदरसा, गोन्पा (गुम्बा), वेदविद्याश्रम, गुरूकुल, आश्रम), पुस्तकालय विकास सम्बन्धमा नीति नियम, मापदण्ड, कार्यविधि तर्जुमाका साथै यसको अनुगमन, नियमन र समन्वयसम्बन्धी कार्य;
- अनौपचारिक, प्रौढ विद्यालय, खुला विद्यालयसँग सम्बन्धित रणनीति तर्जुमा गर्ने र सो सम्बन्धमा नीति, नियम, मापदण्ड, कार्यविधि तर्जुमाका साथै यसको अनुगमन, नियमन र समन्वयसम्बन्धी कार्य;
- विद्यालय शिक्षा, प्रारम्भिक बालविकास शिक्षा, वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, पुस्तकालय, विद्यालय पोषण तथा खाद्य सुरक्षा, विद्यालय स्वास्थ्य र सरसफाइ, विद्यालय दिवा खाजा आदिका सम्बन्धमा मन्त्रालयको वार्षिक कार्यक्रम तयार, कार्यान्वयन, अनगुमन तथा मूल्याङ्कनसम्बन्धी कार्य;
- विद्यालय शिक्षा, प्रारम्भिक बालविकास शिक्षा, वैकल्पिक शिक्षा, निरन्तर शिक्षा, पुस्तकालय, विद्यालय पोषण तथा खाद्य सुरक्षा, विद्यालय स्वास्थ्य र सरसफाइ, विद्यालय दिवा खाजा आदिका सम्बन्धमा सम्बन्धित निकायहरूलाई राय प्रतिक्रिया र निर्देशन दिने सम्बन्धी कार्य;
- विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन, विभागीय कारवाही, दरवन्दी मिलान, सरूवा र काजसम्बन्धमा नीति, नियम, निर्देशिका, कार्यविधि तर्जुमाका साथै यस सम्बन्धमा अनुगमन, नियमन र समन्वय सम्बन्धी कार्य;
- माध्यमिक तहसम्म सञ्चालन भएका संस्थागत एवम् शैक्षिक गुठीका विद्यालय सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था, न्यूनतम मापदण्ड निर्धारण गर्ने, गराउने कार्य;
- विद्यालय शिक्षासम्बन्धी पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण र प्रयोगसम्बन्धी कार्यको समन्वय सम्बन्धी कार्य;
- राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय र यसको कार्यमा सहजीकरणसम्बन्धी कार्य;
- विद्यालय शिक्षासम्बन्धी शिक्षकहरूको नीतिगत तथा कानुनसम्बन्धी कार्यमा सम्बन्धित निकायहरुमा समन्वय सम्बन्धी कार्य;
- विद्यालयको शैक्षिक प्रशासन तथा व्यवस्थापन र विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्य;
- माध्यमिक तहसम्मको शिक्षण सिकाइ क्रियाकलापको सञ्चालन, व्यवस्थापन र मूल्याङ्कनसम्बन्धी कार्यहरूको समन्वय एवम् सहजीकरणसम्बन्धी कार्य;
- सामुदायिक तथा संस्थागत विद्यालय साथै सार्वजनिक शैक्षिक गुठीको सम्पत्ति व्यवस्थापन सम्बन्धमा नीति, नियम तथा निर्देशिका, कार्यविधि, मापदण्ड आदि तर्जुमा गरी यस सम्बन्धी अनुगमन, नियमन र समन्वयसम्बन्धी कार्य;
- मन्त्रालय र मातहतका निकायहरू र सामुदायिक विद्यालयको नाममा रहेका जग्गा, भवन र अचल सम्पत्तिको संरक्षण एवम् सम्बर्धन र अभिलेख व्यवस्थापनसम्बन्धी कार्य;
- महाशाखाको कार्यक्षेत्रसम्बन्धी विषयवस्तुको अध्ययन, अनुसन्धान र सिफारिसका लागि गठन भएका आयोग/समिति/कार्यदल आदिसँग समन्वय र प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरणसम्बन्धी कार्य;
- शब्दकोष, वर्णविन्यास आदिको एकरूपताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, विश्वविद्यालयका लागि सम्पर्क बिन्दुको रुपमा गर्ने कार्य;
- जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसँग सम्बन्धित नीति, नियम, तथा योजनासम्बन्धी कार्य;
- किताबखाना (शिक्षक) सँग सम्बन्धित कार्यहरूमा समन्वय र सहजीकरणसम्बन्धी कार्य;
- योग, ध्यानसम्बन्धी नीति, नियम, मापदण्ड तयार गरी कार्यान्वयनसम्बन्धी कार्य;
- मातृभाषा तथा बहुभाषिक शिक्षाको प्रवर्द्धन, भाषिक तत्थ्याङ्क व्यवस्थापन, समावेशी भाषा तथा शिक्षामा पहुँचको सुनिश्चितताका लागि नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य;
- आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई कार्यान्वयन तथा अनुगमनसम्बन्धी कार्य;
- विदेशी कुटनीतिक नियोगहरू (Embassies) सँग समन्वय गरी विद्यार्थीहरूको भिषा सिफारिस प्रक्रियालाई सरल र व्यवस्थित बनाउने कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
विद्यालय शिक्षा शाखाको कार्य विवरण
- विद्यालय शिक्षासम्बन्धी ऐन तथा नियमावली निर्माण, परिमार्जन तथा परिवर्तनका लागि कानुन तथा फैसला कार्यान्वयन शाखाको राय समेत लिई प्रस्ताव मस्यौदा तयारीसम्बन्धी कार्य;
- विद्यालय शिक्षासम्बन्धी नीति नियम, मापदण्ड, कार्यविधि, निर्देशन आदिको व्यवस्था गरी कार्यान्वयनसम्बन्धी कार्य;
- विद्यालय शिक्षा सम्बन्धमा नीति निर्माणदेखि कार्यान्वयन एवम् नियमनसम्मको काममा सम्बन्धित निकायहरूसँग समन्वयसम्बन्धी कार्य;
- विद्यालय शिक्षा सम्बन्धमा सम्बन्धित निकायहरुलाई राय प्रतिक्रिया र निर्देशन पठाउने सम्बन्धी कार्य;
- विद्यालय तहको शिक्षक व्यवस्थापनसम्बन्धी नीति तर्जुमा गर्ने गराउने र विद्यालय कर्मचारी लगायत विद्यालय तहको जनशक्तिहरूको व्यवस्थापकीय कार्यमा समन्वय एवम् सहजीकरणसम्बन्धी कार्य;
- माध्यमिक तहसम्म सञ्चालन भएका संस्थागत एवम् शैक्षिक गुठीका विद्यालय सञ्चालन सम्बन्धी नीतिगत व्यवस्था, न्यूनतम मापदण्ड निर्धारणसम्बन्धी कार्य;
- माध्यमिक तहसम्मको पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माण र प्रयोगसम्बन्धी कार्यको समन्वय गर्ने;
- माध्यमिक तहसम्मको शिक्षण सिकाइ क्रियाकलापको सञ्चालन, व्यवस्थापन र मूल्याङ्कनसम्बन्धी कार्यहरुको समन्वय एवम् सहजीकरणसम्बन्धी कार्य;
- विद्यालय शिक्षासम्बन्धी शिक्षकहरूको नीतिगत तथा कानुनसम्बन्धी कार्यमा सम्बन्धित निकायहरूमा समन्वय सम्बन्धी कार्य;
- विद्यालयको शैक्षिक प्रशासन तथा व्यवस्थापन र विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्य;
- सामुदायिक तथा संस्थागत विद्यालयका साथै सार्वजनिक शैक्षिक गुठीको सम्पत्ति व्यवस्थापन सम्बन्धमा नीति, नियम तथा निर्देशिका, कार्यविधि, मापदण्ड आदि तर्जुमा गर्ने र लागु गर्ने, गराउने कार्य;
- मन्त्रालय र मातहतका निकायहरू र सामुदायिक विद्यालयको नाममा मुलुकभर रहेका जग्गा र भवनको संरक्षण एवम् सम्बर्धन र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य;
- राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, शिक्षक किताबखाना र जनक शिक्षा सामग्री केन्द्रको काममा समन्वय एवम् सहजीकरण सम्बन्धी कार्य;
- विद्यालय शिक्षा सम्बन्धमा मन्त्रालयको वार्षिक कार्यक्रम तयार, कार्यान्वयन गर्ने सम्मको काममा समन्वय एवम् सहजीकरणसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
प्रारम्भिक तथा समावेशी शिक्षा शाखाको कार्य विवरण
- प्रारम्भिक बालविकास शिक्षा, वैकल्पिक शिक्षा र निरन्तर शिक्षाको नीति नियम, मापदण्ड, कार्यविधि, स्वरूप, प्रवर्द्धन, नियमन, निर्देशन आदिको व्यवस्था गरी कार्यान्वयनसम्बन्धी कार्य;
- खुला तथा निरन्तर सिकाइलाई प्रोत्साहित गर्ने शैक्षिक संस्थाहरूको स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि सहजीकरणसम्बन्धी कार्य;
- स्वदेश तथा अन्य देशका प्रारम्भिक बालविकास शिक्षा, वैकल्पिक शिक्षा र निरन्तर शिक्षामा काम गर्ने सङ्घसंस्थाको नियमन, समन्वय तथा सहकार्यसम्बन्धी कार्य;
- धार्मिक प्रकृतिका विद्यालय, मदरसा, गोन्पा (गुम्बा), वेदविद्याश्रम, गुरूकुल, आश्रम सञ्चालनसम्बन्धी नीति नियम, मापदण्ड, कार्यविधि, स्वरुप, प्रवर्द्धन, नियमन, निर्देशन आदिको व्यवस्था गरी कार्यान्वयनसम्बन्धी कार्य;
- अनौपचारिक, प्रौढ विद्यालय, खुला विद्यालय, ट्युसन तथा कोचिङ केन्द्र आदिका लागि रणनीति तर्जुमा गर्नुका साथै नीति, नियम, मापदण्ड, कार्यविधि, स्वरुप, प्रवर्द्धन, नियमन, निर्देशन आदिको व्यवस्था गरी कार्यान्वयन सम्बन्धी कार्य;
- विद्यालय पोषण तथा खाद्य सुरक्षा योजनाको लागि नीति, नियम तर्जुमा र समन्वय, खाका निर्धारण, पोषण कार्यक्रम तथा बजेट कार्यान्वयन तथा नियमनसम्बन्धी कार्य;
- विद्यालय पोषण तथा स्वास्थ्यसम्बन्धी मापदण्ड निर्धारण र निर्देशनसम्बन्धी कार्यमा सम्बन्धित निकायसँग समन्वयसम्बन्धी कार्य;
- सबै तहका शिक्षक तथा विद्यार्थीहरुलाई दैनिक योग, ध्यानमा अभ्यस्त गराउन, अध्यात्मसँग सम्बन्धित संस्था योग , ध्यानसँग सम्बन्धित दर्शन र अनुसन्धान प्रतिवेदनहरुको अभिलेखीकरणसम्बन्धी कार्य;
- मातृभाषा तथा बहुभाषिक शिक्षाको प्रवर्द्धन, भाषिक तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्य ;
- समावेशी भाषा तथा शिक्षामा पहुँचको सुनिश्चितताका लागि नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
स्वयमंसेवा परिचालन तथा भिसा शाखाको कार्य विवरण
- राष्ट्रियस्तरमा स्वयमंसेवक परिचालनका लागि नीति, नियम तथा निर्देशिका, योजना तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्य;
- स्वयमंसेवक आवश्यक पर्ने विषयगत क्षेत्रसँग सम्बन्धित जनशक्तिको अनुसन्धान, आँकलन, पहिचान, माग सङ्कलन गर्ने कार्य;
- स्वयमंसेवकको विषयक्षेत्र, आवश्यकता र सेवा सापेक्षताको आधारमा क्षमता विकासका लागि कार्यक्रम विकास र विस्तार गरी सञ्चालन गर्ने कार्य;
- राष्ट्रिय स्वयमंसेवासँग सम्बन्धित विषयगत मन्त्रालय, आयोग, आयोजना र सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यसम्बन्धी कार्य;
- विद्यार्थी स्वयमंसेवक कार्यको मूल्याङ्कनका लागि सम्बन्धित पाठ्यक्रम विकास केन्द्रमार्फत परीक्षा तथा मूल्याङ्कनका मापदण्ड, प्रक्रिया र प्रणाली विकास गराउने कार्य;
- विद्यार्थी, शिक्षक र अनुसन्धाता तथा निजका आश्रितका लागि भिसा सिफारिससम्बन्धी कार्य;
- स्वयमंसेवा तथा भिसा सिफारिसम्बन्धी कार्यलाई अनलाइन माध्यमबाट सञ्चालन गर्न डिजिटल सेवा पद्धतिको विकास गरी कार्यान्वयन गर्ने कार्य;
- स्वयमंसेवा कार्यको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने, प्रतिवेदन तयारीका साथै प्रोत्साहन, पुरस्कार, पृष्ठपोषण र दण्ड सजायको व्यवस्था मिलाउने सम्बन्धी कार्य;
- स्वयमंसेवक र सम्पादित कामको प्रमाणीकरण र अभिलेख (डिजिटल अभिलेखसमेत) राख्ने कार्य;
- कार्यालयले तोकेबमोजिमका अन्य कार्य ।
खेलकुद प्रवर्द्धन शाखाको कार्य विवरण
- परम्परागत, साहसिक तथा पर्यटकीय खेलकुदको पहिचान, संरक्षण र विकास, प्रवर्द्धन, प्रतियोगिता र तालिमको लागि समन्वयको कार्य;
- विद्यालय तथा विश्वविद्यालयमा सञ्चालन गरिने खेलकुद सम्बन्धी प्राज्ञिक पाठ्यक्रम विकास र कार्यान्वयन, पृष्ठपोषणसम्बन्धी कार्य;
- स्पोर्ट्स मेडिसिन तथा प्रतिबन्धित औषधि (डोपिङ) विरुद्ध जनचेतना, अनुसन्धान, अनुगमन र नियमन गर्ने कार्य;
- खेलाडी तथा प्रशिक्षकको प्रोत्साहन, बीमा र कल्याणसम्बन्धी कार्य;
- खेल सङ्घसंस्थालाई अनुदान वितरणका विधि, प्रक्रिया र मापदण्ड निर्माणसम्बन्धी कार्य;
- शिक्षकहरूको लागि खेलकुद तालिम, पाठ्यक्रम विकास र प्रशिक्षण सञ्चालनसम्बन्धी कार्य;
- खेल क्षेत्रमा नवप्रवर्तन, अध्ययन तथा अनुसन्धान प्रवर्धनसम्बन्धी कार्य;
- क्षमता मापदण्ड (खेलाडी, प्रशिक्षक, सङ्घ, तालिम) निर्माण र कार्यान्वयनसम्बन्धी कार्य;
- उदीयमान तथा राष्ट्रिय खेलहरूको विकासका कार्यक्रम सञ्चालन तथा स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागिता व्यवस्थापनसम्बन्धी कार्य;
- प्रतियोगिता सञ्चालनका मापदण्ड (Guidelines/Standards) निर्धारण तथा खेलाडी प्रतिभा सम्मान तथा पुरस्कार व्यवस्थापन प्रणाली विकास र कार्यान्वयनसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।
सङ्घसंस्था समन्वय शाखाको कार्य विवरण
- सबै तहका सरकार र विभिन्न निकायहरूबाट सञ्चालित खेलकुदसम्बन्धी कार्यक्रमहरूको समन्वय सम्बन्धी कार्य;
- राष्ट्रिय खेलकुद परिषद्को सम्पर्क शाखाको रूपमा गर्ने कार्य;
- खेल सङ्घसंस्था र खेलकुद क्लबहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा, मापदण्ड निर्धारण र कार्यान्वयनसम्बन्धी कार्य;
- नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ (ANFA), नेपाल क्रिकेट संघ (CAN) लगायतका संस्थाहरूको कार्यमा सहजीकरण, नियमन तथा समन्वयसम्बन्धी कार्य;
- खेल संघसंस्थाहरूको वार्षिक क्रियाकलापहरूको प्रतिवेदन तयारी र प्रकाशनसम्बन्धी कार्य;
- प्रचलित कानुनबमोजिम कार्यक्रम सञ्चालन नगर्ने संस्थाहरूलाई कारबाहीका लागि सिफारिससम्बन्धी कार्य;
- नेपाल स्काउटसँग सम्बन्धित नीति तर्जुमा, समन्वय र सहजीकरणसम्बन्धी कार्य;
- शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित राष्ट्रिय रूपमा सञ्चालनमा रहेका सङ्घ संस्थासम्बन्धी नीति, तर्जुमा र परिचालनसम्बन्धी कार्य;
- सङ्घ संस्थाको कार्यक्षेत्र अनुगमन निरीक्षण गरी आवश्यकता अनुरूप नियमनसम्बन्धी कार्य;
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्य ।