प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा

  • मन्त्रिपरिषद्को बैठक, संसद, माननीय मन्त्रीज्यूसमक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने विषयमा रायसहित पेश गर्नेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी कामको व्यवस्था गर्ने गराउने कार्यहरू।
  • सङ्‌घ, संस्था दर्ता गर्ने क्रममा मन्त्रालयको तर्फबाट राय प्रदान गर्नेसम्बन्धी कार्य गराउने तथा निर्णय गर्ने, कार्यहरू।
  • कुनै निकायले महाशाखासम्बन्धी विषयमा राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया पठाउनेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूका कर्मचारीहरूको समय पालनालाई नियमित गर्नेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी शिक्षण संस्थाहरूबाट सम्बन्धित ऐन तथा नियमावली र अरू प्रचलित कानुनको पालना भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरी गराई आवश्यकतानुसार कारबाही गर्ने वा सोको निम्ति पेश गर्नेसम्बन्धी कार्यहरू।
  • महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्‌गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्नेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट बजेट बाँडफाँट तयार गरी स्वीकृत गर्ने, कार्यक्रम तयार गरी गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र प्रशासन महाशाखासँग समन्वय गरी खरीद योजना तयार गर्न लगाउने सम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूसँग कार्यमा समन्वय गर्ने कार्यहरू।
  • प्राविधिक तथा व्यावसायिक शिक्षा विकासका लागि आवश्यक नीति, नियमहरूको तर्जुमा गर्ने एवम् विषयगत कार्यहरू।
  • प्राविधिक शिक्षासम्बन्धी कार्यहरू गर्ने र निर्णय कार्यान्वयन गराउने कार्यहरू।
  • मेडिकल तथा इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति माग गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग समन्वय तथा आवश्यकता अनुसार निर्देशन दिने कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र यससम्बन्धी अन्य संस्थाहरूलाई व्यवस्थापकीय सहयोग प्रदान गर्नेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी अनुगमन, मूल्याङ्‌कन गर्ने र यससम्बन्धी प्रशासन सञ्चालन गर्नेसम्बन्धी कार्यहरू।
  • निजी क्षेत्रमा सञ्चालित मेडिकल तथा इन्जिनियरिङ कलेजहरूले दिनुपर्ने छात्रवृत्तिको कोटा निर्धारण गर्नेसम्बन्धी कार्यहरू।
  • नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ परिषद् तथा नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य परिषद् लगायत अन्य सम्बन्धित परिषद्‌सँग समन्वय गर्ने कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरूको निरीक्षण, अनुगमन तथा मूल्याङ्‌कन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण दिनेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूसँग आवश्यक समन्वय गर्ने।
  • उच्च तथा प्राविधिक शिक्षामा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी नीति, नियमको तर्जुमा गर्ने।
  • उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि मन्त्रालयलाई स्वदेश तथा विदेशबाट प्राप्त सबै तहका छात्रवृत्तिका लागि उम्मेदवार छनोट गर्ने, सिफारिस गर्ने र यसको अभिलेख व्यवस्थापन गर्नेसम्बन्धी कार्यहरू।
  • स्वदेश अथवा विदेशमा अध्ययन वा तालिममा जाने र फर्केर आएका व्यक्तिहरूको अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मित्रराष्ट्रहरूसँग समन्वय गरी नेपालका लागि प्राथमिकता प्राप्त विभिन्न विषय र तहमा छात्रवृत्ति उपलब्ध गराउन पहल गर्ने, गराउने कार्यहरू।
  • छात्रवृत्तिमा छनोट भई अध्ययन गरेका वा छनोट भएर पनि अध्ययन गर्न नजाने विद्यार्थीलाई बिगो निर्धारणसम्बन्धी कार्यहरू गर्ने, गराउने।
  • नेपालमा नेपाली भाषा लगायतका विभिन्न विषयमा अध्ययन गर्न आउने विदेशी नागरिकका लागि नेपाल सरकारबाट प्रदान गरिने छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्य गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयलाई स्वदेश तथा विदेशबाट प्राप्त सबै तहका छात्रवृत्तिका लागि उम्मेदवार छनोट गर्ने, सिफारिस गर्ने र यसको अभिलेख व्यवस्थापन गर्नेसम्बन्धी कार्यहरू।
  • निजी क्षेत्रमा सञ्चालित मेडिकल तथा इन्जिनियरिङ लगायत प्राविधिक विषयमा कलेजहरूले दिनुपर्ने छात्रवृत्तिको कोटा निर्धारण गर्नेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम निर्देशक समितिको सचिवालयसम्बन्धी कार्यहरू।
  • शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नीति, नियम तथा निर्देशिका निर्माण गरी लागु गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • सञ्चार माध्यमहरूसँग समन्वय र सहकार्य गरी शैक्षिक नीतिहरूको कार्यान्वयनमा सहजीकरण गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • प्राविधिक तथा व्यावसायिक शिक्षा विकासका लागि आवश्यक नीति, नियमहरूको तर्जुमा गर्ने एवम् विषयगत कार्यहरू।
  • प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति, योजना, कार्यक्रम व्यस्थापन गर्ने कार्यहरू।
  • प्राविधिक शिक्षासम्बन्धी कार्यहरू गर्ने र निर्णय कार्यान्वयन गराउने कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग समन्वय तथा आवश्यकतानुसार निर्देशन दिने व्यवस्थाका लागि आवश्यक कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र यससम्बन्धी अन्य संस्थाहरूलाई व्यवस्थापकीय सहयोग प्रदान गर्नेसम्बन्धी कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी अनुगमन, मूल्याङ्‌कन गर्ने र यससम्बन्धी प्रशासन सञ्चालन गर्नेसम्बन्धी कार्यहरू।
  • नेपाल मेडिकल काउन्सिल, नेपाल इन्जिनियरिङ परिषद् तथा नेपाल नर्सिङ परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल स्वास्थ्य परिषद् लगायत अन्य सम्बन्धित परिषद्सँग समन्वय गर्ने कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरूको निरीक्षण, अनुगमन तथा मूल्याङ्‌कन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण दिनेसम्बन्धी कार्यहरू।
  • बहुप्राविधिक शिक्षालयसम्बन्धी नीति, नियम, योजना तर्जुमासम्बन्धी कार्यहरू।
  • माध्यमिक तहमा सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति, नियम र योजनासम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम एवम् शिक्षा, विज्ञान, प्रविधिका क्षेत्रमा संलग्न सङ्‌घ संस्थाहरूको व्यवस्थापनसम्बन्धी नीति नियम र योजनाको तर्जुमासम्बन्धी कार्य।
  • प्रचलित कानुनबमोजिम नेपाल सरकारको अनुमति लिई कार्यक्रम सञ्चालन गर्ने सङ्‌घ संस्थाहरूको निरीक्षण तथा अनुगमन गर्ने एवम् उक्त संस्थाहरूको नवीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • प्रचलित कानुनबमोजिम कार्यक्रम सञ्चालन नगर्ने संस्थाहरूलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यहरू।
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम एवम् शिक्षा, विज्ञान, प्रविधिका क्षेत्रमा कार्य गर्ने र सङ्‌घ संस्थाहरूबिच समन्वयको कार्य।
  • शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित राष्ट्रिय रूपमा सञ्चालनमा रहेका सङ्‌घ संस्थासम्बन्धी नीति, तर्जुमा र परिचालनसम्बन्धी कार्यहरू।
  • सङ्‌घ संस्थाको कार्यक्षेत्र अनुगमन निरीक्षण गरी आवश्यकता अनुरूप नियमनसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • व्यावसायिक तालिम क्षेत्रमा कार्य गर्ने सङ्‌घ संस्थाहरूबिच समन्वयको कार्य।
  • व्यावसायिक तालिमसम्बन्धी नीति, नियम, योजना तर्जुमासम्बन्धी कार्यहरू।
  • व्यावसायिक तालिमसँग सम्बन्धित संस्थाहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन।
  • व्यावसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूको अनुगमन तथा मूल्यांकनसम्बन्धी कार्यहरू।
  • सरकारी तथा निजी एवम् गैरसरकारी क्षेत्रहरूबाट विषयगत व्यावसायिक तालिम माग भई आएमा उक्त तालिमका लागि आवश्यक व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • व्यावसायिक तालिमका तह र किसिम अनुसारको वर्गीकरणसम्बन्धी नीति, योजना तर्जुमा र कार्यन्वयन गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • व्यावसायिक सिप विकास सम्बद्ध नीति, समन्वय व्यवस्थापनसँग सम्बन्धित कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षाका सम्बन्धमा गुणस्तरसम्बन्धी योजना, नीति, नियम तथा मापदण्ड तय गर्ने कार्यहरू।
  • विदेशी विश्वविद्यालयका नेपालमा सञ्चालित कार्यक्रमको गुणस्तर सुनिश्चितताको मापदण्ड तय गर्नेसम्बन्धी कार्यहरू।
  • विभिन्न विश्विद्यालयहरूबाट क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाका लागि आवश्यक नीति, नियम तर्जुमासम्बन्धी कार्यहरू।
  • विभिन्न विश्वविद्यालयहरूबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको समकक्षतासम्बन्धी नीति, नियम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने व्यवस्था मिलाउनेसम्बन्धी कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी नीति, नियम तथा मापदण्ड तय गर्ने कार्यहरू।
  • प्राविधिक तथा व्यावसायिक तालिमको गुणस्तरसम्बन्धी नीति, नियम तथा मापदण्ड तय गर्ने र समकक्षताको लागि समेत समन्वय गर्ने कार्यहरू।
  • औपचारिक एवम् अनौपचारिक प्रणालीबाट सिपको प्राज्ञिक प्रमाणपत्रको समकक्षतासम्बन्धी मापदण्ड निर्धारण गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालयको वेबसाइट विकास गर्ने, अद्यावधिक गर्ने कार्यहरू।
  • मन्त्रालयका गतिविधिहरूको जानकारी, सूचना सम्प्रेषण एवम् सञ्चारको लागि इ-पोर्टल विकास गर्ने कार्यहरू।
  • इन्टरनेट व्यवस्था, डिजिटल नोटिस बोर्डको व्यवस्थापन गर्ने, अद्यावधिक गर्ने कार्यहरू।
  • Paperless Governance को अवधारणालाई कार्यान्वयनमा लैजान गर्नुपर्ने पूर्व तयारीका कार्यहरू।
  • शिक्षामा सूचना सञ्चार प्रविधि प्रयोग गर्ने सम्बन्धमा नीति, नियम तथा निर्देशिका निर्माण गरी लागु गर्ने गराउने कार्यहरू।
  • डिजिटल सामग्री विकास र प्रयोग गर्ने सम्बन्धमा नीतिगत समन्वय एवम् सहजीकरण गर्ने कार्यहरू।
  • विद्युतीय सामग्रीहरूको गुणस्तर, पहुँच अभिवृद्धि गर्नमा समन्वय र सहजीकरण गर्ने कार्यहरू।
  • सूचना र प्रविधि सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गरी आवश्यक सूचना सङ्‌कलन र प्रयोग गर्ने कार्यहरू।
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी नीति, नियम तथा निर्देशिका निर्माण गरी लागु गर्ने गराउने कार्यहरू।
  • विभिन्न तह र विषयका डिजिटल पाठहरू निर्माणका लागि नीति नियम निर्माण गर्ने सम्बन्धी कार्यहरू।
  • सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण माध्यमको रूपमा प्रयोग गर्न आवश्यक नीति निर्माण, तर्जुमा गर्न सहयोग पुर्याउने कार्यहरू।
  • शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी योजना निर्माण तथा कार्ययोजना विकास गर्ने र सोको कार्यान्वयनका लागि स्रोतको व्यवस्थापन गर्ने कार्यहरू।
  • सम्बन्धित निकायहरूलाई सूचना सञ्चार प्रविधिको सञ्जालले जोड्नेसम्बन्धी कार्यहरू।
  • विद्युतीय सुशासन प्रणालीलाई लागु गराउन आवश्यक पूर्वाधार तयार गर्ने कार्यहरू।
  • विद्युतीय हाजिरी प्रणालीको व्यवस्थापन गर्ने कार्यहरू।
  • सूचनाहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) माध्यमबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने कार्यहरू।
  • सम्बन्धित निकायहरूको वेबसाइटलाई अद्यावधिक गर्ने कार्यहरू।
  • सञ्चार माध्यमहरूसँग समन्वय र सहकार्य गरी शैक्षिक लगायतका नीतिहरूको कार्यान्वयनमा सहजीकरण गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।