महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलागा आमै - ३०

प्रशासन महाशाखा

  • मन्त्रिपरिषद्को बैठक तथा संसदमा पेश गर्नुपर्ने प्रशासनसम्बन्धी नीतिगत निर्णयका विषयहरू।
  • मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, पदस्थापना, पुरस्कार, विभागीय सजाय, अवकाश, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी कार्यहरू।
  • मन्त्रालयको स्वीकृत वार्षिक बजेट र आर्थिक कार्यविधि नियमावलीको परिधिमा रही खर्च गर्ने, लेखा परीक्षण गराउनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयको चालु तथा पूँजीगततर्फको बजेट तयार गर्ने गराउने, निकासा गर्ने, गराउने, केन्द्रीय हिसाब तयार गरी पेश गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय तथा मातहत निकायहरूको केन्द्रीय हिसाब तयार गरी पेश गर्ने गराउने र बेरूजु फर्छ्यौट गर्ने गराउने कार्यहरू।
  • कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन र अन्य गतिविधि र क्रियाकलापहरूको व्यक्तिगत अभिलेख अद्यावधिक राख्ने राख्न लगाउने कार्यहरू।
  • कानुनी राय परामर्श, ऐन-नियमको मस्यौदा राजपत्रमा सूचना प्रकाशन, रिट निवेदनहरूको लिखित जवाफसम्बन्धी कार्यहरू।
  • नागरिकले पाउनुपर्ने सेवा, सुविधा समूचित ढङ्गले पाए नपाएको, नागरिक बडापत्रको कार्यान्वयन स्थिति एवम् मानव संशाधन विकासका कार्यहरू।
  • प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित शैक्षिक निकायहरूसँग सम्बन्धित जनशक्ति व्यवस्थापन, सहयोग, समन्वय तथा अनुगमनसम्बन्धी कार्यहरू।
  • सबै महाशाखाहरूको प्रशासकीय कार्य सम्पादन गर्न समन्वय, सहयोग र नेतृत्त्वदायी कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूको कर्मचारीहरूको सेवा, शर्त तथा वृत्ति विकास लगायतका प्रचलित ऐन नियमसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको कार्यक्रम सञ्चालन गर्दा आवश्यकताअनुसार लागत अनुमान स्वीकृत गर्ने, बोलपत्र तथा दरभाउपत्रसम्बन्धी कागजातहरू स्वीकृत गर्ने, कार्यविवरण स्वीकृत गर्ने तथा परामर्शदाता एवम् आपूर्तिकर्ताहरूसँग सम्झौता गर्ने कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र गरी खरीद योजना तयार गर्न लगाउने कार्यहरू।
  • मन्त्रालय र मातहतका निकाय, कार्यालयसँग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र सोको आवश्यक कारबाही गरी फर्छ्यौट गर्ने कार्यहरू।
  • हेलो सरकार कक्ष सञ्चालन निर्देशिका २०६८ अनुसारका कार्यहरू सम्पादन गर्न आवश्यक पर्ने भौतिक साधनहरू (जस्तैः फ्याक्स, फोटोकपी, ल्यापटप, मोबाइल, इन्टरनेट, हलुका सवारी साधन, आदि) को प्राप्ति र तिनको सदुपयोग सुनिश्चित गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, पदस्थापना, विभागीय सजाय, अवकाश, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी कार्यहरू।
  • मन्त्रालय अन्तर्गतका कर्मचारीलाई काज र सरूवा गर्ने कार्यहरू।
  • सबै श्रेणीको कर्मचारीहरूको नियुक्ति पदस्थापनाको लागि पेश गर्ने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूलाई विभागीय कारबाही गर्न पेश गर्ने कार्यहरू।
  • आफ्नो शाखाको कर्मचारीहरूको विरामी, घर, पर्व, भैपरी, प्रसुति बिदा स्वीकृत गर्ने कार्यहरू।
  • शाखाको रेखदेख, हाजिरी निरीक्षण गर्ने कार्यहरू।
  • कर्मचारीहरूलाई शाखा, महाशाखाको काम तोक्ने कार्यहरू।
  • आफ्नो शाखामा आईपर्ने दैनिक प्रशासनिक कार्य सुचारू रूपले सञ्चालन गर्ने, सम्पादन गर्नुपर्ने काम यथासमयमै सम्पन्न गर्ने, गराउने कार्यहरू।
  • उजुरी निवेदन, अख्तियार, सतर्कता केन्द्र लगायतबाट आएको निर्देशन कार्यान्वयनको लागि पेश गर्ने कार्यहरू।
  • निजामती कर्मचारीहरूको कार्यसम्पादन मूल्याङकननसम्बन्धी कार्यहरू।
  • कर्मचारीहरूको पीरमर्का सुन्ने र सकरात्मक सुझावहरूलाई कार्यान्वयन गर्ने र मन्त्रालय अन्तर्गत सम्पूर्ण कर्मचारीहरूको अभिलेख अद्यावधिक राख्ने तथा राख्न लगाउने कार्यहरू।
  • जनगुनासो सुनुवाइ र नागरिक बडापत्रको कार्यान्वयन स्थिति लगायतका विषयमा मातहतका निकायहरूको काम-कारबाही, भौतिक सुविधा, जनशक्तिबारे निरीक्षण अनुगमन गर्ने गराउनेसम्बन्धी कार्य र अधिकृत कर्मचारीसम्बन्धी गोप्य प्रतिवेदनहरू जिम्मा लिई राख्ने, राख्न लगाउने कार्यहरू।
  • शाखासम्बन्धी अति गोप्य महत्वपूर्ण कागजातहरूको जिम्मा लिई राख्ने, राख्न लगाउने कार्यहरू।
  • स्वदेशी तथा वैदेशिक तालिम, सेमिनार, अध्ययन भ्रमण, छात्रवृत्ति, अध्ययन अनुसन्धानमा निजामती कर्मचारी तथा अन्यको मनोनयनको लागि प्रारम्भिक कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी कामका लागि पेश गर्ने कार्यहरू।
  • आवश्यक जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र क्षमता विकासमा सहयोग गर्ने कार्यहरू।
  • स्वदेशी तथा वैदेशिक अध्ययन, तालिम, सेमिनार गोष्ठी र अध्ययन भ्रमणमा जाने कर्मचारीहरूको अभिलेख अद्यावधिक राख्ने र राख्न लगाउने कार्यहरू।
  • कर्मचारीहरूको नियुक्ति, पदस्थापन, सरूवा, अस्थायी दरबन्दी, पुरस्कार लगायत सम्पूर्ण विषयमा प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्राचार गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत कार्यालयहरूको कर्मचारी प्रशासनसम्बन्धी प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्रचार गर्ने कार्यहरू।
  • निजामती कर्मचारीहरूको नियुक्ति सरूवा, बढुवा तथा अनिवार्य अवकाशसम्बन्धी अभिलेख राख्ने कार्य गर्ने एवम् सो सम्वन्धमा आवश्यक पत्राचार गर्ने कार्यहरू।
  • निजामती कर्मचारीहरूको (मन्त्रालय वा अन्तर्गत) अभिलेख व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने एवम् सोसम्बन्धी आवश्यक पत्राचार गर्ने कार्यहरू।
  • कर्मचारी प्रशासनसँग सम्बन्धित अन्य आइपर्ने कार्यहरू।
  • कर्मचारीहरूको बढुवा, अवकाश, कार्य सम्पादन फारम, पदपूर्तिसम्बन्धी सम्पूर्ण विषयमा प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्राचार गर्ने कार्यहरू।
  • सँगठन संरचना, सँगठन व्यवस्थापनसम्बन्धी प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्राचार गर्ने कार्यहरू।
  • लोकसेवा आयोगसम्बन्धी माग आकृतिसम्बन्धी र उल्लेखित विषयमा प्रस्ताव तयार गर्ने कार्यहरू।
  • निजामती कर्मचारीहरूको सरूवासम्बन्धी उजुरी/सम्पत्ति विवरण अभिलेख तथा PIS व्यवस्थापनसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूमा भए गरेका अनियमित कार्यहरूका सम्बन्धमा परेका उजुरीहरूको सुनुवाइ गर्ने कार्यहरू।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र मार्फत् प्राप्त निर्देशन र उक्त संस्थाहरूबाट आएका उजुरीमाथि आवश्यक छानबिन गर्ने गराउने र राय सहितको प्रतिवेदन सम्बन्धित निकायमा लेखी पठाउनेसम्बन्धी कार्यहरू।
  • पदीय दायित्व पूरा नगर्ने र गैरआचरणको काम गरी अख्तियार दुरूपयोग गर्ने मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई प्रचलित कानुनबमोजिम लोकसेवा आयोगको राय परामर्श लिई विभागीय कारबाही गर्ने गराउने सम्बन्धमा सम्बन्धित महाशाखाको रायसहित अग्रिम कारबाहीका लागि प्रशासन महाशाखामा पठाउनेसम्बन्धी कार्यहरू।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र र त्यस्तै अन्य निकायसँग सम्बन्धित कार्यहरू गर्ने।
  • अनियमतिता वा भ्रष्टाचारका उजुरीका सम्बन्धमा सचिव वा मन्त्री वा मन्त्रिपरिषद्स्तरीय निर्णयबाट गठित छानबिन समिति वा आयोगहरूमा आवश्यकतानुसार प्रतिनिधित्व गर्ने, सो कार्यमा सक्रिय सहभागिता जनाउनेसम्बन्धी कार्यहरू।
  • सुशासनका लागि पारदर्शिता, जवादफदेहिता, अनुशासन, कायम राख्न विशेष पहल गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • सुशासन कार्ययोजनाबमोजिम काम गरी यसको नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका हरेक निकायबाट प्रवाह हुने सेवामा प्रभावकारिता ल्याई सेवाग्राहीको सन्तुष्टिको स्तर उकास्न विशेष पहल गर्ने, गराउने कार्यहरू।
  • भ्रष्टाचार निवारण सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनअनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • भ्रष्टाचार निवारणसम्बन्धी स्वीकृत कार्य योजनाको कार्यन्वयन गर्ने गराउने कार्यहरू।
  • अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी कार्यमा मन्त्रालयको सम्पर्क बिन्दु (Focal Point) को रूपमा कार्य गर्नेसम्बन्धी कार्यहरू।
  • सार्वजनिक सुनुवाइसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय मातहतका निकाय, कार्यालयहरूको आवधिक निरीक्षण गरी सुशासनका क्रममा देखिएका सबल पक्षहरूको लागि प्रोत्साहन गर्दै सुधार गर्नु पर्ने पक्षका सम्बन्धमा आवश्यक पृष्ठपोषण दिने र सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र मातहतका निकाय, कार्यालयसँग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्नेसम्बन्धी कार्यहरू।
  • आफ्ना शाखाका कर्मचारीहरूले आवश्यकतानुसार सार्वजनिक बिदाको दिन एवम् कार्यालय समयको अघिपछि समेत काम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी त्यसरी काम गरेको अवधिका लागि सम्बन्धित निकायबाट अनुमति लिई वा निर्णय गराई उपयुक्त थप मौद्रिक वा गैरमौद्रिक सुविधाहरू उपलब्ध गराउन पहल एवम् सिफारिश गर्नेसम्बन्धी कार्यहरू।
  • आफ्नो शाखासँग सम्बन्धित आर्थिक वर्षको निम्ति सम्पादन गरिने कामकारबाहीहरू झल्किने गरी लक्ष्य एवम् प्रगतिसहितको वार्षिक कार्ययोजना पेश गर्ने, गर्न लगाउने कार्यहरू।
  • अनलाइन र अन्य माध्यमबाट आएका जनगुनासो तथा उजुरीको सम्बन्धमा सम्बन्धित व्यक्ति वा संस्थालाई बुझी समयै तिनको फर्छ्यौट गरी अभिलेख राख्ने कार्यहरू।
  • जनगुनासो एवम् उजुरी व्यवस्थापनको क्षेत्रमा प्रभावकारिता अभिवृद्धिको लागि मन्त्रालयको सम्बन्धित शाखा, महाशाखासँग समन्वय गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, नीति र कार्यक्रमहरू तर्जुमा गरी पेश गर्ने । सम्बन्धित शाखा, महाशाखाबाट पूर्वस्वीकृति लिई यस कार्यमा आवश्यक वैदेशिक सहयोग (आर्थिक, प्राविधिक एवम् भौतिक) प्राप्त एवम् परिचालन गर्ने कार्यहरू।
  • जनगुनासो सुनुवाई र नागरिक बडापत्रको कार्यान्वयन स्थिति मातहतका निकायहरूको काम कारबाही भौतिक सुविधा, जनशक्तिबारे निरीक्षण अनुगमन गर्ने गराउनेसम्बन्धी कार्य गर्ने र अधिकृत कर्मचारीसम्बन्धी गोप्य प्रतिवेदनहरू जिम्मा लिई राख्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र मातहतका निकाय, कार्यालयसँग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • साधारण बजेट तर्जुमा गर्ने र विकास बजेट तयारीको लागि योजना तथा कार्यक्रम शाखासँग समन्वय गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयबाट केन्द्रीय निकायहरूलाई प्रदान गर्ने अख्तियारी तयार गरी पेश गर्ने कार्यहरू।
  • खर्च स्वीकृति भै भुक्तानीका लागि प्राप्त बिल भरपाइहरू जाँच गरी भुक्तानीका लागि पेश गर्ने कार्यहरू।
  • आर्थिक विषयमा शुरू कारबाही गर्ने र राय पेश गर्ने आदेश भएको विषयमा राय प्रदान गर्ने गराउने, कार्यहरू।
  • खर्चको बिल भरपाइ प्रमाणित गर्ने एवम् भौचर स्वीकृत गरी खर्च भुक्तानी गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय अन्तर्गतको स्वीकृत बजेट बाँडफाँट गरी सम्बन्धित निकायमा अख्तियारी बनाई पठाउन पेश गर्ने र स्वीकृत भएबमोजिम अख्तियारी दिने विषयहरूसम्बन्धी कार्यहरू।
  • मन्त्रालय अन्तर्गत विभाग, निकाय एवम् कार्यालयबाट रकमान्तर वा थप बजेट निकासाको लागि माग भै आएमा सोको कारबाही गरी महाशाखा प्रमुख समक्ष पेश गर्ने, गराउने कार्यहरू।
  • अन्तर्गत विभाग, निकाय एवम् कार्यालयहरूबाट विनियोजन, राजश्व र धरौटीको वार्षिक आर्थिक विवरणलिई महालेखा नियन्त्रक कार्यालय, महालेखा परीक्षकको कार्यालयमा पेश गरी आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्यहरू।
  • अन्तर्गतका विभाग, निकाय एवम् कार्यालयको लेखापरीक्षणबाट औँल्याइएका वेरूजुहरू फर्छ्यौट गर्न, गराउन र समयमा जवाफ दिए नदिएको अनुगमन गरी प्रचलित कानुन बमोजिम महाशाखा प्रमुखलाई पेश गर्नेसम्बन्धी कार्यहरू।
  • कार्य सञ्चालन कोष अन्तर्गत खडा भएका कोष एवम् अन्य सरकारी कोषको हिसाब महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा पेश गर्ने, गराउने कार्यहरू।
  • कोष तथा लेखा नियन्त्रक कार्यालय र मातहतका कार्यालयहरूबाट प्राप्त सूचनाको आधारमा केन्द्रीय लेखा राख्ने, राख्न लगाउने कार्यहरू।
  • मातहतका निकायहरूको बजेट पूरै वा आंशिक रोक्का गर्नुपर्नेमा महाशाखा प्रमुखसमक्ष पेश गरी निकाशा भएअनुसार गर्ने, गराउने कार्यहरू।
  • तोकिएको समयमै आर्थिक प्रतिवेदनहरू तयारी गर्ने गराउने, स्वीकृतिको लागि पेश गर्ने र सम्बन्धित निकायमा पठाउने कार्यहरू।
  • आन्तरिक तथा अन्तिम लेखापरीक्षणको लागि स्रेस्ता तयार गरी लेखापरीक्षण गराउने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत निकायको बेरूजुको लगत तयार अद्यावधिक गर्ने, लक्ष्य अनुसार बेरूजु फर्छ्यौटको कार्य गर्ने, गराउने कार्यहरू।
  • मातहतका निकायसँग समन्वय गरी केन्द्रीय आर्थिक विवरण तयार गर्ने र गर्न लगाउने कार्यहरू।
  • आफ्नो शाखा अन्तर्गतका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्‌कनमा सुपरिवेक्षकको कार्य गर्ने कार्यहरू।
  • मन्त्रालयबाट केन्द्रीय निकायहरूलाई प्रदान गर्ने अख्तियारी तयार गरी पेश गर्ने विषयहरूका कार्यहरू ।
  • तोकिएको समयमै आर्थिक प्रतिवेदनहरू तयारी गर्ने गराउने, स्वीकृतिको लागि पेश गर्ने र सम्बन्धित निकायमा पठाउने कार्यहरू।
  • आन्तरिक तथा अन्तिम लेखापरीक्षणको लागि स्रेस्ता तयार गरी लेखापरीक्षण गराउने विषयका कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत निकायको बेरूजुको लगत तयार, अद्यावधिक गर्ने, लक्ष्यअनुसार बेरूजु फर्छ्यौट को कार्यहरू।
  • मातहत निकायसँग समन्वय गरी केन्द्रीय आर्थिक विवरण तयार गर्ने र गर्न लगाउने कार्यहरू।
  • मन्त्रालय तथा मातहत निकायहरूको समग्र आर्थिक व्यवस्थापन (Financial Management) पारदर्शी, दक्ष, उत्तरदायी तथा प्रभावकारी बनाउन रचनात्मक कार्य गर्ने गराउने कार्यहरू।
  • प्रचलित नेपाल कानुन तथा लेखा उत्तरदायी अधिकृतले तोकेबमोजिमका अन्य कार्यहरू गर्ने गराउने कार्यहरू।
  • आन्तरिक तथा बाह्य लेखापरीक्षण गराउने, गर्ने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूको वित्तीय व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • कर्मचारीहरूको तलबभत्ता लगायत अन्य रकमको भुक्तानीका कार्यहरू।
  • मासिक तलबबाट नियमानुसार कट्टी हुने रकम सम्बन्धित निकायमा जम्मा गर्ने विषयका कार्यहरू।
  • विनियोजित बजेट निकासा गर्ने गराउने कार्य गर्ने, गराउने कार्यहरू।
  • विभिन्न प्रकारका बेरूजु फर्छ्यौट सम्बन्धमा आवश्यक प्रमाण जुटाई फर्छ्यौट गर्न कारबाही गर्ने, गराउने विषयगत कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा आर्थिक अनुशासन कायम राख्न आवश्यक व्यवस्था मिलाउने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत निकायहरूको थप निकासा तथा रकमान्तरसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • विभिन्न पदाधिकारीहरूबाट माग भएबमोजिम आर्थिक प्रशासन तथा सार्वजनिक खरीद सम्बन्धमा ऐन नियमको परिधिभित्र रही राय सुझाव दिने, दिन लगाउने विषयहरूको कार्यहरू।
  • आफ्नो शाखासम्बन्धी लेखाको कामको विषयमा कुनै कुरा बुझ्नु पर्ने भएमा बुझी कानुनी प्रक्रिया पूरा गरी स्पष्ट रायसाथ निर्णयको लागि पेश गर्ने, गराउने कार्यहरू।
  • निर्णय भै आएका विषयमा पत्राचार गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय पक्ष/विपक्ष भएको मुद्दामा श्री सर्वोच्च अदालत र अन्य अदालतमा फिरादपत्र, प्रतिउत्तर पत्र, रिट निवेदनपत्र र लिखित जवाफको मस्यौदा गरी पेश गर्ने र दायर-दर्ता गराउने विषयका कार्यहरू।
  • मन्त्रालयको नीति अनुसार मन्त्रालयको तर्फबाट विधेयक, नियम र आदेशहरूको मस्यौदा गरी सम्पादन र सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र स्वीकृत भई आएपछि त्यसपछिको कारबाही गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयको निर्णय बमोजिम नेपाल राजपत्रमा प्रकाशन गरिने सूचनासम्बन्धी कारबाही गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयका महाशाखा, अन्तर्गतका विभाग र अन्य निकायबाट कानुनी प्रश्नमा राय माग भै आएमा राय दिने, दिन लगाउने विषयगत कार्यहरू।
  • मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय तथा अन्य मन्त्रालयबिच सम्पर्क शाखाको रूपमा काम गर्ने, गराउने कार्यहरू।
  • शिक्षासम्बन्धी ऐन, नियम, विनियम र निर्देशिका अद्यावधिक गर्ने, गराउने कार्यहरू।
  • विभिन्न विषयमा कानुनी राय माग भै आएमा रायसाथ पेश गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय र मन्त्रालय सम्बद्ध पदाधिकारीलाई विपक्षी बनाई परेको रिटको लिखित जवाफ तयार गरी पेश गर्ने विषयका कार्यहरू।
  • अदालतबाट भएको फैसला कार्यान्वयनको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्ने कार्यहरू।
  • ऐन नियममा संशोधनका लागि गर्नुपर्ने कार्यहरू।
  • जाँचबुझ आयोगसम्बन्धी कार्यहरू।
  • सरकारवादी मुद्दासम्बन्धी कार्यहरू।
  • शाखासँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू तथा अभिलेखहरू सुरक्षित गरी राख्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत निकायहरूको जग्गा-जमीन, भवन, सवारी साधन र अन्य सम्पत्तिहरूको रेकर्ड राख्ने, संरक्षण गर्ने, त्यसको लागि पत्राचार समेत गरी आवश्यक सबै कार्यहरू गर्ने, गराउने कार्यहरू।
  • भण्डार दाखिला हुने सामानहरूका सम्बन्धमा आवश्यक जाँच गरी भण्डार दाखिला गर्न आदेश दिने तथा जिन्सी स्रेस्ता अद्यावधिक राख्ने र जिन्सी लेखापरीक्षण गराउने विषयगत कार्यहरू।
  • मन्त्रालयको भवन कम्पाउण्ड र बगैंचाको सुरक्षाको व्यवस्था गर्ने, निरीक्षण गर्ने तथा सफासुग्घर राख्न लगाउने कार्यहरू।
  • शाखाहरूबाट माग भै आएका खर्च भएर जाने मालसामानहरूको माग फारम स्वीकृत गर्ने, गराउने कार्यहरू।
  • आफ्नो शाखाको काम कारबाहीमा पत्राचार गर्ने, बुझ्नुपर्ने कुरा बुझ्ने, शीघ्रता ल्याउने, कारबाही टुङ्‌गो लगाउन पर्ने सबै कार्य गरी निर्णय गर्नुपर्नेमा पेश गर्ने, भएका निर्णयहरू कार्यान्वयन गर्ने गराउने कार्यहरू।
  • आफ्नो शाखाका कर्मचारीहरूलाई कार्यविभाजन गरी काम लगाउने, नियन्त्रण, निर्देशन र समन्वय गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयमा जनसम्पर्क, पत्र दर्ता तथा चलानीसम्बन्धी कार्यलाई व्यवस्थित बनाउने कार्यहरू।
  • मन्त्रालयमा सवारी चालक, पाले, माली, कुचीकार आदिको उचित परिचालन गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालयको सुरक्षा व्यवस्था गर्ने, गराउने कार्यहरू।
  • सवारी साधनको परिचालन, कार्यालय भवन, बिजुली, धारा, टेलिफोन आदिको आपूर्ति तथा मर्मत सम्भारको व्यवस्था मिलाउने कार्यहरू।
  • कार्यालय सामानहरूको सञ्चय, खर्च, लीलाम र मिनाहालगायत भण्डार व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने, गराउने कार्यहरू मन्त्रालयमा आवश्यक सामानहरूको माग संकलन गरी नियमानुसार खरीद गर्ने व्यवस्था मिलाउने कार्यहरू।
  • खरीद भएका सामानहरूको आवश्यकता अनुसार वितरण गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय तथा अन्तर्गत निकायका नाममा रहेका जग्गा र भवनको लगत राख्ने र सोको संरक्षणका लागि स्वीकृत नीतिका आधारमा आवश्यक निर्देशन दिने कार्यहरू।
  • मन्त्रालय मातहतका निकायहरूको जिन्सी निरीक्षणसम्बन्धी कार्य गर्ने, गराउने कार्यहरू।
  • टिप्पणी पेश गरी निर्णय गराउनुपर्ने विषयहरूमा त्यससँग सम्बन्धित अन्य निकायको राय, सहमति, अनुमति एवम् सुझावहरू लिनुपर्ने भएमा सो लिई आधारभूत कागजातहरू पूरा गराई निर्णयका लागि रायसाथ पेश गर्ने, गराउने कार्यहरू।
  • शाखाको कामकारबाहीको लागि पत्राचार गर्ने, बुझ्नुपर्ने कुरा बुझ्ने र आवश्यकता बमोजिम कार्यान्वयन गर्ने, गराउने कार्यहरू आफ्नो मातहतका कर्मचारीहरूलाई पदगत कार्यविवरणमा तोकिएका कार्यहरूको अतिरिक्त शाखाका विभिन्न प्रकृतिका कामको कार्य अनुभव र जानकारी हुने गरी समानुपातिक रूपमा बाँडफाँट गरी काममा लगाउने कार्यहरू।
  • प्रत्यायोजित अधिकारबमोजिम खर्च रकम स्वीकृत गर्ने विषयका कार्यहरू।
  • स्वागत, सोधपुछ कक्ष व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने कार्यहरू।
  • जिन्सी सामानको श्रेस्ता राख्ने, जिन्सी लेखा परीक्षण गराउनेसम्बन्धी कार्यहरू।
  • विशेष भैपरी आउने कामहरूको लागी आवश्यक व्यवस्था मिलाउने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू ।