महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा अष्टमी - २३

योजना तथा अनुगमन महाशाखा

  • मन्त्रिपरिषद्को बैठक, संसद र माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुपर्ने र नीतिगत निर्णय लिनुपर्ने विषयमा रायसहित पेश गर्नेसम्बन्धी कार्यहरू।
  • स्वीकृत परियोजना अन्तर्गतका विदेशी सल्लाहाकार, स्वयंसेवक तथा विशेषज्ञहरूको अफिसियल र गैरपर्यटकीय भिसा सिफारिससम्बन्धी कार्यहरू।
  • नेपाल सरकारको तर्फबाट हस्ताक्षर भएको Project हरूको Proposal मा उल्लेख भएका सामग्रीहरू झिकाउने कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधि र योजनाहरूको अध्ययन तथा अनुसन्धान गर्ने, जनशक्तिको प्रक्षेपण गर्ने, उत्पादन गर्ने र योजना र कार्यक्रम विकास गर्नेसँग सम्बन्धित कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरूको योजना र कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गराउने, मार्ग निर्देशन दिने र सोको विवरण अद्यावधिक गरी राख्न लगाउने कार्यहरू।
  • वैदेशिक सहायता ऋण अनुदानसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम/आयोजनाहरूको विवरण अद्यावधिक राख्ने र सोसँग सम्बन्धित कार्यक्रमहरूमा समन्वय गर्ने कार्यहरू।
  • योजना तथा कार्यक्रमसम्बन्धी बैठकहरूमा भाग लिने, लिन लगाउने कार्यहरू।
  • कुनै निकायले महाशाखासम्बन्धी विषयमा राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्त बमोजिम राय प्रतिक्रिया पठाउने कार्यहरू।
  • राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्गदर्शन तथा बजेट सिलिङको आधारमा विभिन्न निकायहरूको निमित्त वार्षिक बजेट सिलिङ स्वीकृत गराई पठाउनेसम्बन्धी कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी आवधिक योजना र मध्यावधि खर्च संरचना तयार गरी मन्त्रालयबाट स्वीकृती गराई राष्ट्रिय योजना आयोगमा पेश गर्ने, गराउने कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधि र अन्तर्गतका निकायबाट तयार भएका वार्षिक कार्यक्रमहरूको चेक जाँच गरी सचिवबाट स्वीकृत गराएर राष्ट्रिय योजना आयोगमा पेश गर्ने कार्यहरू।
  • अर्थ मन्त्रालयसँग छलफल गरी मन्त्रालयको बजेटलाई अन्तिम रूप दिने कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी योजना तथा कार्यक्रममा लगानीको लागि दातृ निकायहरूसँग छलफल गर्ने र वार्षिक बजेट तथा कार्यक्रमबारे परामर्श गर्नेसम्बन्धी कार्यहरू।
  • SAARC, BIMSTEC जस्ता अन्तराष्ट्रिय संस्थाहरू शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी विषयहरूमा सम्पर्क बिन्दुको रूपमा काम गर्ने कार्यहरू।
  • वैदेशिक सहायतामा सञ्चालित योजनाहरूको नियमित समीक्षा गर्ने कार्यहरू।
  • शहीद प्रतिष्ठान लगायतका नेपाल सरकारको अनुदान पाइरहेका संस्थाहरू र सरकारबिच नीतिगत समन्वय गर्ने कार्यहरू।
  • नेपाल सरकारको बजेट खर्च हुने शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सञ्चालन हुने क्रियाकलापहरूमा र कुनै निकायले महाशाखाको राय प्रतिक्रिया माग गरेकोमा मन्त्रालयको प्रचलित नीति र सिद्धान्तबमोजिम राय प्रतिक्रिया दिनेसम्बन्धी कार्यहरू।
  • महाशाखासम्बन्धी कार्यमा कुनै निकाय वा पदाधिकारीसँग राय लिनु परेमा राय माग गर्ने कार्यहरू।
  • महाशाखाको कार्यक्षेत्र अन्तर्गतका अन्य विषयमा प्रचलित ऐन नियम र नीति निर्णयको सीमाभित्र रही अन्तिम टुङ्‌गो लगाउने वा सोको व्यवस्था मिलाउने र त्यस्ता नीति नियममा संशोधन सुधार गर्नुपर्ने भएमा सोको राय पेश गर्ने कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका कर्मचारीहरूको कार्यालय समय बाहिर काम काज गराउँदा अर्थ मन्त्रालयको स्वीकृत नर्म्स र स्वीकृत कार्यक्रम अनुसार खर्च गर्नेसम्बन्धी कार्यहरू।
  • राज्यका सम्पूर्ण शैक्षिक तथ्याङ्‌क सङ्‌कलन गरी गराई व्यवस्थित रूपमा केन्द्रीय अभिलेख राख्न लगाउने र प्रकाशन गर्ने समेतका कार्यहरू।
  • विभिन्न तह र विषयका डिजिटल पाठहरू निर्माणका लागि नीति नियम निर्माण गर्ने, गराउने कार्यहरू।
  • अनुगमन योजना तयार गर्ने कार्यहरू।
  • राष्ट्रिय विकास समाधान समिति, मन्त्रिस्तरीय विकास समस्या समाधान समितिको बैठक सञ्चालनका लागि पूर्व तयारीसम्बन्धी कार्यहरू।
  • मन्त्रालय अन्तर्गत भए गरेका कार्यहरूको समितिगत वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने र प्रकाशन गर्ने कार्यहरू। आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र आन्तरिक व्यवस्थापन शाखासँग समन्वय गरी खरीद योजना तयार गर्न लगाउनेसम्बन्धी कार्यहरू।
  • आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूबाट सम्पादन गरिने कार्यक्रमहरू सञ्चालन गर्दा सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशिकालाई पालना गर्न, गारउने कार्यहरू।
  • देशको लागि आवश्यक पर्ने विभिन्न प्रकारका जनशक्तिको प्रक्षेपण गर्ने जनशक्ति विकासका लागि योजना बनाउने र जनशक्ति विकाससँग सम्बन्धित नीति, तर्जुमा गर्ने।
  • प्रदेश तथा स्थानीय स्तरमा आवश्यक पर्ने जनशक्ति विकासका लागि समन्वयको कार्य गर्ने।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय शिक्षासम्बद्ध क्षेत्रको सम्पूर्ण बजेट तथा कार्यक्रम तयारी र निर्माण गर्नेसम्बन्धी कार्यहरू।
  • लघु तथा दीर्घकालीन शैक्षिक योजना तयार गर्ने विषयगत कार्यहरू।
  • अन्य महाशाखा तथा शाखाहरूको समन्वयमा वार्षिक कार्यक्रम तथा बजेट तयार गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र सो अन्तर्गतका कार्यालयहरूद्वारा कार्यान्वयन हुने अल्पकालीन तथा दीर्घकालीन शैक्षिक योजनाहरूको विश्लेषण गर्ने कार्यहरू।
  • शैक्षिक योजना, कार्यक्रम तथा रणनीतिसँग मौजुदा शिक्षा ऐन, नियमको तालमेलका सम्बन्धमा अध्ययन, विश्लेषण गरी राय सुझाव पेश गर्नेसम्बन्धी कार्यहरू।
  • प्रस्तावित योजना तथा कार्यक्रमका लागि बजेटको प्रारुप तयार गर्ने कार्यहरू।
  • मन्त्रालय अन्तर्गतका निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त योजना तथा कार्यक्रमलाई अन्तिम रूप दिँदै राष्ट्रिय योजना आयोगमा सिफारिससहित पठाउनेसम्बन्धी कार्यहरू।
  • बजेट विनियोजन गर्नेसम्बन्धी कार्यहरू।
  • राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसँग समन्वय गर्ने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गत निकायहरूसँग आवश्यक समन्वय कायम गर्ने कार्यहरू।
  • आवधिक योजना तथा बार्षिक बजेट तर्जुमासँग सम्बन्धित पूर्वतयारी सूचक निर्माण र विकाससम्बन्धी कार्यहरू।
  • अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्पर्क राखी आयोजनाहरू स्वीकृत गर्ने गराउनेसम्बन्धी कार्यहरू।
  • राष्ट्रिय योजना आयोगबाट स्वीकृत आयाजेनाहरूको विनियोजित बजेटको आधारमा बार्षिक कार्यक्रम स्वीकृत गर्ने गराउने र सम्बन्धित महाशाखाहरूलाई जानकारी गराउने कार्यहरू।
  • विनियोजित बजेट अनुसार स्वीकृत भएका कार्यक्रम संशोधन सम्बन्धमा सम्बन्धित महाशाखाको राय लिई संशोधनसम्बन्धी कार्यहरू।
  • नागरिक बडापत्रमा उल्लेख भएका आफ्नो शा
  • खासँग सम्बन्धित कामहरू एवम् अन्य निर्देशित कार्यहरू सम्पादन गर्ने कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय अन्तर्गत वैदेशिक सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमहरूबिच समन्वय कायम गर्ने कार्यहरू।
  • मन्त्रालयसँग सम्बन्धित विदेशी मुलुक, सङ्‌घ संस्थाबाट प्राप्त हुने सहयोगको विषयमा सम्झौतासम्बन्धी कार्यहरू।
  • मन्त्रालयको वैदेशिक सहयोगसम्बन्धी कार्यमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यहरू।
  • वैदेशिक सहयोगबाट सञ्चालन हुने कार्यक्रम तथा योजनाको विकास तथा विस्तारका लागि कार्यनीति तयार गर्न समन्वय गर्ने कार्यहरू।
  • वैदेशिक सहयोगबाट सञ्चालित कार्यक्रमको नियमित, आवधिक तथा अन्तिम मूल्याङ्‌कन गर्ने कार्यमा समन्वय गर्ने कार्यहरू।
  • नेपालको शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि सहयोग प्रदान गर्ने विभिन्न दातृ समुदायबिच समन्वय कायम गराउने कार्यहरू।
  • वैदेशिक सहयोगमा प्राप्त रकम र आफ्नै स्रोत र साधनका बिचमा समन्वय कायम गरी स्रोत साधन परिचालन गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • आयोगजनासँग सम्बन्धित दातृ संस्थाहरूवाट आउने Mission हरूको समन्वय र सञ्चालन गर्ने कार्यहरू।
  • मन्त्रालय अन्तर्गतका निकायहरूबाट नयाँ आयोजनाहरू सञ्चालन गर्नका लागि प्राप्त हुने मागका आधारमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसँग समन्वय गर्ने कार्यहरू।
  • विभिन्न सङ्‌घसंस्थासँग पारस्परिक सम्बन्ध समन्वय गर्नेसम्बन्धी कार्यहरू।
  • आयोजनाहरूसँग सम्बन्धित Line agency हरूसँग आवश्यक समन्वय कायम गर्नेसम्बन्धी कार्यहरू।
  • विदेशी मुलुक तथा सङ्‌घ संस्थासँग मन्त्रालयको तर्फबाट हुने सम्पर्क तथा पत्राचारका लागि सम्पर्क बिन्दुको रूपमा काम गर्ने कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधिको विकास तथा विस्तारका लागि वैदेशिक सहयोगको आवश्यकता पहिचानसम्बन्धी कार्य गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा आधारित रहेर अनुगमन कार्ययोजना तर्जुमा गर्ने, गराउने सम्बन्धी कार्यहरू।
  • सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनको मूल्याङ्‌कनका लागि मापदण्ड तथा आधारहरू तयार गरी लागु गर्ने, गराउने कार्यहरू।
  • स्वीकृत योजना तथा कार्यक्रमहरूको कार्यान्वयन पक्षको नियमित रूपमा अनुगमन तथा मुल्याङ्कन गरी गराई आवश्यक साधारणका लागि पृष्ठपोषण प्रदान गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • सञ्चालित कार्यक्रमहरूको आवश्यकता अनुरूप स्थलगत अनुगमन, निरीक्षण एवम् मूल्याङ्‌कन गर्ने, गराउने कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका सम्बन्धित निकायहरूबाट कार्यान्वयमा ल्याइएका आयोजना र परियोजना तथा कार्यक्रमहरूको चौमासिक प्रगति समीक्षाका लागि प्रगति विवरण तयार गर्ने, गर्न लगाउने कार्यहरू।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय लगायत अन्य सरोकारवाला निकायबाट निर्देशन भै आएका कार्ययोजनाहरूको प्रगति प्रतिवेदन मासिक, चौमासिक र वार्षिक रूपमा तयार गरी, गर्न लगाई सम्बन्धित कार्यालयहरूमा पठाउने सम्बन्धी कार्यहरू।
  • अनुगमन प्रतिवेदनको कार्यान्वयन गर्नेसम्बन्धी कार्यहरू।
  • सम्बन्धित महाशाखाहरू समेतको सहयोग लिई मन्त्रालय र अन्तर्गतका कार्यक्रमहरूको नियमित रूपमा अनुगमन गरी कार्यक्रमहरूको यथार्थ स्थितिको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने कार्यहरू।
  • सम्बन्धित महाशाखाहरूको समेत सहयोग लिई मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकको आयोजना गर्ने र आयोजनाहरूको प्रगति सम्बन्धमा मूल्याङ्‌कन पेश गर्ने कार्यहरू ।
  • राष्ट्रिय विकास समस्या समाधान समिति र राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्‌कन महाशाखाबाट कारबाही गर्नुपर्ने मन्त्रालय सम्बन्धी विषयमा आवश्यक कार्य गर्ने कार्यहरू। .
  • राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्‌कन महाशाखाबाट समय समयमा निर्धारण गरिने अन्य कार्य सम्पादन गर्ने कार्यहरू।
  • सम्बन्धित महाशाखाहरू अन्तर्गतका निकायहरूबाट प्रत्येक वर्ष भए गरेका मुख्य मुख्य कार्यहरूको प्रगति विवरण पुस्तिका तयार गरी आर्थिक वर्ष समाप्तिपछि प्रकाशन गर्ने कार्यहरू।
  • मन्त्रालयबाट सञ्चालित विकास कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्‌कनका सूचकहरू तयार गरी सोको आधारमा आयोजनाहरूको नियमित अनुगमन तथा मूल्याङ्‌कनसम्बन्धी कार्य गर्ने कार्यहरू।
  • मन्त्रालय र अन्तगर्तबाट सञ्चालित विभिन्न विकास कार्यक्रमहरूको आवधिक समीक्षासम्बन्धी कार्य गर्ने कार्यहरू।
  • मन्त्रालयका कार्यक्रमहरूको प्रभाव मूल्याङ्‌कन गर्ने गराउने कार्यहरू।
  • शाखाको मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने कार्यहरू।
  • अनुगमन तथा मूल्याङ्‌कन शाखा

  • मन्त्रालय शिक्षासम्बद्ध क्षेत्रको सम्पूर्ण जनशक्ति विकास योजना तथा नीति तर्जुमासम्बन्धी कार्यहरू।
  • मन्त्रालय र सो अन्तर्गतका कार्यालयहरूद्वारा कार्यान्वयन हुने शैक्षिक योजनाहरूको विश्लेषण गरी जनशक्तिको प्रक्षेपणसम्बन्धी कार्यहरू।
  • प्रदेश तथा स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको विकास योजनासँग सम्बन्धित रहेर समन्वय गर्ने कार्यहरू।
  • अन्य मन्त्रालयहरूको समन्वयमा समेत वर्तमान अवस्थाको विश्लेषण गरी आगामी दिनमा आवश्यक पर्ने क्षेत्रगत जनशक्ति विकाससँग सम्बन्धित कार्यहरू।
  • जनशक्ति विकास योजना निर्माणका लागि विश्वविद्यालय तथा उच्च शिक्षा प्रधायक समन्वय गर्ने।
  • कार्यरत जनशक्तिको क्षमताका विकाससम्बन्धी नीति तथा योजना तर्जुमासँग सम्बन्धित कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
  • मन्त्रालय र सो अन्तर्गतका निकायहरूको तथ्याङ्‌क व्यवस्थापनको लागि नीति तर्जुमा समन्वय गर्ने कार्यहरू।
  • राष्ट्रिय रूपमा तयार हुनुपर्ने तथ्याङ्‌क सङ्कलन गर्ने र वार्षिक रूपमा प्रकाशन गर्ने कार्यहरू।
  • सूचनाको नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यहरू।
  • तथ्याङ्‌कको विश्लेषण गर्ने र नीति निर्माणको लागि आवश्यक पर्ने क्षेत्रगत तथ्याङ्‌क (Sectoral Data) प्राप्त गर्ने कार्यहरू।
  • सम्प्रेषण, प्रकाशन तथा सार्वजनिक गर्नुपर्ने सबै सूचनाका विषयमा एकरूपता कायम गर्ने कार्यहरू।
  • प्रभावकारी तथ्याङ्‌क व्यवस्थापनका लागि आवश्यक पर्ने सफ्टवेयर तर्जुमा गर्ने गराउने र त्यसको प्रयोग सम्बन्धमा आवश्यक व्यवस्थापन गर्ने कार्यहरू।
  • सम्बद्ध क्षेत्रका तथ्याङ्‌कको विस्तृत सूचना, तुलनात्मक अध्ययन र त्यसमा सबैको पहुँच सुनिश्चित हुने व्यवस्था गर्ने कार्यहरू।
  • सूचनाको अद्यावधिक र पारदर्शिता कायम गरी मन्त्रालयको वेबसाइटमा नियमित रूपमा Upload गर्ने व्यवस्था मिलाउने कार्यहरू।
  • मन्त्रालयका नीति निर्माणका लागि सरोकारवालाहरूसँग बहस, पैरवी, छलफल गर्नेसम्बन्धी कार्यहरू।
  • अनुसन्धानसम्बन्धी नीति, नियम, मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने, गराउनेसम्बन्धी कार्यहरू।
  • अध्ययन अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक उपायोगको निम्ति नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने कार्यहरू।
  • प्रभावकारी तथ्याङ्‌क व्यवस्थापनका लागि आवश्यक पर्ने सफ्टवेयर तर्जुमा गर्ने गराउने र त्यसको प्रयोग सम्बन्धमा आवश्यक व्यवस्थापन गर्ने कार्यहरू।
  • मन्त्रालयका नीति निर्माणका लागि सरोकारवालाहरूसँग बहस, पैरवी, छलफल गर्नेसम्बन्धी कार्यहरू।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूद्वारा कार्यान्वयन हुने अल्पकालीन तथा दीर्घकालीन नीति तथा योजनाहरूको विश्लेषण गर्ने, गराउने कार्यहरू।
  • मौजुदा योजना तथा कार्यक्रमसँग प्रचलित ऐन, नियमको तालमेलका सम्बन्धमा अध्ययन, विश्लेषण गरी राय सुझाव पेश गर्नेसम्बन्धी कार्यहरू।
  • राष्ट्रियस्तरको परीक्षाको परिणाम विश्लेषण गरी तोकिएको नीति कार्यान्वयनका लागि ऐन, नियमको विश्लेषण गरी समय सापेक्ष बनाउन पृष्ठपोषण दिनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयको नीतिसँग सम्बन्धित निकायको प्राप्त अध्ययन तथा अनुसन्धान प्रतिवेदनका सिफारिसलाई नीति निर्माण तहमा राय सुझावका रूपमा छलफलका लागि पेशगर्ने कार्यहरू।
  • मन्त्रालयसँग सम्बन्धित (शैक्षिक र विज्ञान प्रविधि) क्षेत्रको विकाससम्बन्धी अनुसन्धानको कार्र्यहरू।
  • अनुसन्धान कार्यको लागि गर्नुपर्ने पूर्वतयारीका कार्यहरूमा सहजीकरण तथा समन्वयसम्बन्धी कार्यहरू।
  • अनुसन्धानबाट प्राप्त निष्कर्ष नीति निर्माणका सम्बन्धमा सुधारका लागि पेश गर्ने कार्यहरू।
  • अनुसन्धान प्रणालीलाई सुदृढ गर्न विभिन्न कार्यक्रमहरू लागु गर्ने गराउने तथा सम्बन्धित अन्य निकायहरूसँग समन्वय कायम गरी उक्त निकायहरूलाई आवश्यक सहयोग तथा सल्लाह प्रदान गर्ने गराउने कार्यहरू।
  • अनुसन्धानका क्षेत्रहरू पहिचान गरी आवश्यक क्षेत्रमा अनुसन्धान गर्ने गराउने कार्यहरू।
  • अनुसन्धानबाट प्राप्त सुझावहरू तथा सोसम्बन्धी सूचनाको अभिलेख राखी तिनीहरूवाट प्राप्त निष्कर्षहरूको प्रबोधीकरण गर्ने, गराउने र अनुसन्धानका प्राप्तिलाई कार्यान्वयनमा ल्याउन ठोस योजना बनाउन सहजीकरण गर्नेसम्बन्धी कार्यहरू।
  • अनुसन्धान कार्यलाई सुदृढ गर्ने उपायहरू खोजी कार्यान्वयन योजना प्रस्तुत गर्ने कार्यहरू।
  • अनुसन्धान कार्यको विश्वसनियता वृद्धि गर्ने उपायहरू पहिल्याई सो अनुसार कार्यान्वयन गर्ने तथा गर्न लगाउनेसम्बन्धी कार्यहरू।
  • शिक्षा, विज्ञान तथा प्रविधिसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन पक्ष मूल्याङ्‌कन गर्न मापदण्ड निर्धारण गर्ने, गराउने कार्यहरू।
  • हालसम्मका अनुसन्धानबाट प्राप्त प्रतिवेदनहरू कार्यान्वयनको स्थिति पहिचान गर्ने र कार्यान्वयनमा पहल गर्नेसम्बन्धी कार्यहरू।
  • नेपालमा विभिन्न विषयक्षेत्रमा अध्ययन, अध्यापन, प्रशिक्षण, अनुसन्धान गर्न आउने विदेशी प्राज्ञ/विद्यार्थीहरूलाई आकार्षित गर्नका लागि नीति, नियम तथा निर्देशिकाहरू बनाउनेसम्बन्धी कार्यहरू।
  • मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।